back
SKIPNcell road block
SKIP
Kumari Bank

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन   

काभ्रेपलाञ्चोक : यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु २५ लाख र पाँचखाल नगरको रु नौ लाखको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।

“केन्द्रमा सङ्कलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ”, खरेलले भन्नुभयो । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उहाँको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताउनुभयो ।

केन्द्रको जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार शुभारम्भ गर्नुभयो । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताउनुभयो ।

नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अग्र्यानिक हुँदै गएको जनाइएको छ् । केन्द्रमा १८ महिने आइपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी सङ्कलन हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ असार ८ आइतवार ११:४७ मा प्रकाशित

You can share this post!

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

वि.सं.२०८२ असार २९ आइतवार १६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

वि.सं.२०८२ असार २९ आइतवार १६:२४

काठमाडौं । उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीबीच आयोजना हुने...

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २९ आइतवार १६:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल इन्स्योरेन्सको बोनस सेयर...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार २९ आइतवार १५:१२

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार २९ आइतवार १५:०६

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान   

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान   

वि.सं.२०८२ असार २९ आइतवार १४:५६

तेहरान  : इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप...