
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी जम्मा १८.९४७७ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।
अब उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
वि.सं.२०८२ असार ९ सोमवार १०:५४ मा प्रकाशित