back
Kumari Bank

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु   

म्याग्दी  : रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताउनुभयो । अबको १५ दिनमा परीक्षण सकिने उहाँले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो ।
विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युतगृहबाट रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला–मङ्गले–राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मङ्गले–राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

वि.सं.२०८२ असार ९ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

वि.सं.२०८२ असार ३१ मंगलवार १०:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार...