back
Kumari Bank

वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध   

गोरखा  : सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गए राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।”
सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ । सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ ।

वि.सं.२०८२ असार ९ सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

नेपालको योजना निर्माण प्रक्रिया : कमजोरी र सुधारका व्यावहारिक उपाय

नेपालको योजना निर्माण प्रक्रिया : कमजोरी र सुधारका व्यावहारिक उपाय

वि.सं.२०८२ असार ३१ मंगलवार ०६:४५

प्रा.डा. पुष्पराज कँडेल नेपालमा योजनाबद्ध विकासको सुरुवात सन् १९५६ मा...

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत   

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत   

वि.सं.२०८२ असार ३१ मंगलवार ०६:४३

तानसेन (पाल्पा) : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको...

यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान   

यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान   

वि.सं.२०८२ असार ३१ मंगलवार ०६:३७

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

रिलायन्स–चौधरी ग्रुप साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु

रिलायन्स–चौधरी ग्रुप साझेदारीमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु

वि.सं.२०८२ असार ३१ मंगलवार ०६:३१

काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि...

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन   

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन   

वि.सं.२०८२ असार ३१ मंगलवार ०६:२१

काठमाडौँ : नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन...

आजका लागि विदेशी मुद्राको विनिमय दर   

आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार ३१ मंगलवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...