
काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न आगामी असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले काठमाडौँको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रा.लि.मा बिहान १०:३० बजे सभा आह्वान गरेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सो बोनसको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ, जसका लागि प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ।
साथै, सभाले सञ्चालक समितिको नियुक्ति अनुमोदन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य नियमित एजेन्डाहरु पनि पारित गर्नेछ।
इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ असार १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार १८ गतेसम्म शेयर कारोबार गर्ने लगानीकर्ताले सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
वि.सं.२०८२ असार ९ सोमवार ११:२१ मा प्रकाशित