back
Mega Long Ad

सैनिक अस्पतालमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा। शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानकारी दिए ।

१५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार ११:५० मा प्रकाशित

You can share this post!

पहिलो पटक अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

पहिलो पटक अन्टार्टिकामा सफलापूर्वक अवतर‍ण गर्‍यो विमान

वि.सं.२०७८ मंसिर १४ मंगलवार १३:४७

एजेन्सी । इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण...

५० वर्षमा यसरी, शून्यबाट विश्वकै वित्तिय गन्तव्य बन्यो दुबइ

५० वर्षमा यसरी, शून्यबाट विश्वकै वित्तिय गन्तव्य बन्यो दुबइ

वि.सं.२०७८ मंसिर १४ मंगलवार १२:४१

एजेन्सी । युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि...

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:४९

एजेन्सी । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ...

कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:४२

एजेन्सी । अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक...

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

वि.सं.२०७८ मंसिर १३ सोमवार १४:३१

एजेन्सी । बेलायतमा सम्पूर्ण वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ...

प्रसूति व्यथा लागेपछि साइकलमा हुँइकिएर अस्पताल पुगिन् यी सांसद

प्रसूति व्यथा लागेपछि साइकलमा हुँइकिएर अस्पताल पुगिन् यी सांसद

वि.सं.२०७८ मंसिर १३ सोमवार १३:२३

एजेन्सी । प्रसूति व्यथा लागेका महिलाहरु सामान्यतया केही दिनदेखि अस्पतालमा...