back
Hero Ad

अब हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था हुन्छ: मन्त्री श्रेष्ठ

मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आज श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गरेका छन् । अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने बताएका छन् । ‘अब वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृतिको व्यवस्था हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने छ,’ मन्त्री श्रेष्ठले भने । अहिले बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट श्रम स्वीकृति दिँदै आएको उनले बताए ।

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुनेगरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने पनि बताए । मन्त्री श्रेष्ठले श्रम कार्यालय, हेटौंडाको समस्या बारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि सकेको प्रयास गर्ने बताए ।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, पार्टी उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, सचिव विष्णुप्रसाद दाहालसहित श्रम तथा रोजगार कार्यालयमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र भएकाले श्रमिक तथा रोजगारदाताका बीचका समस्या समाधानका लागि लागि पर्ने बताए ।

कार्यालय अनुगमनमा मन्त्रालयका सहसचिव सुमन घिमिरे, मन्त्री श्रेष्ठका स्वकीय सचिव कृष्ण सुवेदीलगायतको उपस्थिति थियो । मन्त्री श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले कार्यालयले सम्पादन गरिरहेका काम, समस्या, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १४:११ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...