
काडमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल उत्पादक कम्पनी हो बजाज । बजाजका नेपाली बजारमा पल्सर, एजेन्जर, डिस्कभर चर्चित अनि लोकप्रिय मोटरसाइकल हो ।
नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो । बजाज बाइक नेपालमा सर्वाधिक लोकप्रिय र धेरै बिक्री हुने गर्दछ ।
बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ ।
मोटरसाईकल अहिले कामकाजी व्यक्तिदेखि व्यवसायीहरुसम्मका लागि नभइ नहुने आवश्यकताको साधन बनिसकेको छ ।
बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधनमा हुने ढिलाइका कारण पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढ्दो छ ।
यस्ता आवश्यकता पुरा गर्न विभिन्न कम्पनीले विभिन्न प्रकारका मोटरसाइकल उत्पादन गरिरहेका छन् । नेपाल बजाजको विभिन्न १२ भेरियन्टमा १२ मोडेल उपलब्ध रहेका छन् ।
यस्तो छ नयाँ मूल्य
बजाजको ल्पाटिना १०० इएस( १०२सिसी)को १ लाख ८९ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ ड्रम (१२४ सीसी) २ लाख ९ सय, डिस्कभर १२५(१२५ सीसीको २ लाख १४ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ एसटी (१२५ सीसी) २ लाख १५ हजार ९ सय रुपैयाँ रहेको छ ।
यस्तै, पल्सर १२५ डिस्क(१२५ सीसी) २ लाख ४४ हजार ९ सय, पल्सर १५० एसडीको २ लाख ७५ हजार ९ सय, पल्सर १५० टिडीको २ लाख ९० हजार ९ सय, पल्सर १६० एनएस टिडी एबिएसको ३ लाख १९ हजार ९ सय, पल्सर २२० एफ एबिएसको ३ लाख ६१ हजार ९ सय, पल्सर २०० एनएस एबिएको ३ लाख ६७ हजार ९ सय रुपैयाँ पर्दछ ।
त्यसैगरि पल्सर २०० एनएस एफआईको ३ लाख ९३ हजार ९ सय, एजेन्जर १६० स्ट्रिट एबिएसको ३ लाख ४५ हजार ९ सय, एभेन्जर २२० क्रुस २२० को ३ लाख ६६ हजार ९ सय, डोमिनार २५० एबिएसको ५ लाख १८ हजार ९ सय, डोमिनार ४०० एबिएसको ५ लाख ९८ हजार ९ सय रुपैयाँ पर्दछ ।
वि.सं.२०७८ पुस २२ बिहीवार १३:११ मा प्रकाशित