Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • कर छलीको मुद्दा मिलाउन डी … Jun 22, 2017 Arthatantra
    एजेन्सी–अर्जेन्टिनाका फुटवल खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा मारिया २० लाख युरो अर्थात २२ करोड ९६ लाख रुपैयाँ र्तिन तयार भएका हुन । आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषि ठहरिएपछि डी मारिया उक्त रकम तिर्न राजी भएका हुन । रियल मड्रिडमा रहेका ...
  • बजाज पल्सर अब त्रिभुवन आर्… Jun 21, 2017 Arthatantra
    काठमाडौ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दको मोटरबाइक ‘पल्सर’ ले नेपालको चर्चित तथा प्रतिष्ठित फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ । बजाज पल्सर र फुटबल क्लबबिचको यो सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ । नेपालको महत्वपूर्ण फुटबल क्लबसँगको यो प्रायोजनले कम्पनीसँगको सम्बन्धलाई अझ मजबुत र ससक्त बनाउने अपेक्षा गरिएको छ । ...
  • कोहलीसँगको मतभेदका कारण म… Jun 21, 2017 Arthatantra
    भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन् । एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसँगको मतभेदका कारण पदबाट राजीनामा दिएका हुन् । कुम्बलेले ट्वीटरमा आफ्नो बयान जारी गर्दै कप्तान कोहलीसँगको मतभेद नै राजीनामाको कारण स्वीकार गरेका हुन् । आफ्नो स्टाइलमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को तर्फबाट थाहा पाएको कुम्बलेले ...
  • पाकिस्तानले पहिलोपटक भार… Jun 19, 2017 Arthatantra
    काठमाडौ। चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । ओभरमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लियो, जुन गलत साबित भयो ...
  • ओलम्पिक दिवसका कार्यक्रम… Jun 18, 2017 Arthatantra
    काठमाडौ। नेपाल ओलम्पिक कमिटीले ओलम्पिक दिवस सन् २०१७ का अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ । शनिबारदेखि सुरु भएको सो कार्यक्रम यही असार ९ गतेसम्म जारी रहने छ । सो कार्यक्रमअन्तर्गत नेपालका विभिन्न जाति तथा समुदायका सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलकुद, सडक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा फहराएर कार्यक्रमको शुभारम्भ गर्दै ओलम्पिक आन्दोलन ...
  • सचिन तेन्दुलकरको कीर्तिम… Jun 16, 2017 Arthatantra
    काठमाडौ । भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् । च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा बिहीबार राति बंगलादेशसँगको खेलमा नटआउट ९६ रन बनाएका विराटले इनिङका हिसाबमा यस्तो कीर्तिमान बनाएका हुन् । एक दिवसीय ...
  • च्याम्पियन्स ट्रफीः पाकि… Jun 15, 2017 Arthatantra
    पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । बुधबार राति सकिएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान पक्का बनाएको हो । २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका अजहर अलीले ७६ र फखर जमानले ५७ रन बनाए । यस्तै बाबर आजमले नटआउट ३८ तथा मोहम्मद हाफिजले ...
  • इंग्लिस प्रिमियर लिगको नय… Jun 14, 2017 Arthatantra
    इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनठ ३१ – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आउँदो अगस्ट १२ (साउन २८) देखि सुरु हुने भएको छ । प्रिमियर लिग २०१७–१८ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको छ । सिजनको पहिलो खेलमा यो सिजनको विजेता चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्ने छ । यो सिजन बढुवा भएर प्रिमियर लिगमा आएको न्युक्यासलले पहिलो खेलमा टोटनह्याम, ब्राइटनले ...
  • इरान बन्यो आउँदो वर्षको वि… Jun 13, 2017 Arthatantra
    काठमाडौ । इरान विश्वकप फुटबलमा छनौट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २–० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको छ । छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् । इरान आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम हो । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा ...
  • नेपाल,भारत,बंगलादेशसहित ६ … Jun 11, 2017 Arthatantra
    काठमाडौ । एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्ढिगढ पन्जाब (भारत)को आयोजनामा असार ५ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् । लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान ...

[aas_zone zone_id=”6988″]