Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सहकारी
  • सेयरको रकम ४ दिनभित्रै खात… Apr 7, 2016 Arthatantra
    काठमाण्डौं । सेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै सेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अनुसार गर्न निर्देशन गरेको छ । स्वचालित कारोबार प्रणाली लागु भएपछि सेयर किनबेच भएको तीन कार्य दिन अर्थात चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा सेयर दलाल कम्पनीको ...
  • धादिङका भूकम्पपीडितको रा… Apr 5, 2016 Arthatantra
    धादिङ । विभिन्न संघसस्थाले भूकम्पपीडितलाई वितरण गरेको सहयोग रकम जिल्लाको नलाङ स्थित स्थानीय सहकारीले अनियमितता गरेको भेटिएको छ । भूकम्पपीडितको अनुमतिबिना उनीहरूले पाउने राहत रकम कट्टा गरी सहकारी सञ्चालकले सेयर सदस्य बनाएका छन् । भूकम्पबाट प्रभावित जिल्ला धादिङको नलाङ गाउँ विकास समितिमा डेनिस चर्च एडको आर्थिक सहयोगमा धनगढीस्थित जनचेतना तथा युवा जागरण मञ्च–नेपाल (फाया) ले निम्न आय भएका र अति विपन्न ...
  • बैंकबाट नौ करोड ठगी गर्ने … Apr 5, 2016 Arthatantra
    काठमाण्डौं । महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट नौ करोड रुपैयाँ कर्जा लिएर ठगी गरेका काठमाडौँ गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ । खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् । महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद ...
  • राष्ट्र वाणिज्य बैंकमा आए … Apr 4, 2016 Arthatantra
    काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पद रिक्त भएको तीन महिनापछि प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा किरणकुमार श्रेष्ठ नियुक्त भएका छन् । हिजो बसेको वाणिज्य बैंक सञ्चालक समितिको बैठकले तीनजना प्रतिस्पर्धी कृष्णप्रसाद आचार्य, अनिल उपाध्याय र किरणकुमार श्रेष्ठको नाम सिफारिस गरेको थियो। तीनजना मध्येबाट श्रेष्ठ सिइओ नियुक्त भएका हुन्। तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले चार वर्षे कार्यकाल पुरा गरेपछि बैंकमा सिइओ ...
  • खुल्यो पौने १० लाख कित्ता … Apr 3, 2016 Arthatantra
    काठमाण्डौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबारबाट सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ। कम्पनीले नौ लाख ७३ हजार सातसय ३७ कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीको सेयर निष्काशन बन्द चैत २४ गते हुनेछ। खुलाइएको सेयर मध्ये १९ हजार चारसय ७४ कित्ता सेयर कर्मचारीका लागि, ४८ हजार ६ सय ८६ कित्ता तथा सर्वसाधारणका लागि नौ लाख पाँचहजार पाँचसय ७७ कित्ता सेयर छुट्याइएको ...
  • सहकारीखबर चौंथो वर्षमा प्… Apr 2, 2016 Arthatantra
    काठमाडौं । को–अपरेटिभ मिडिया सोलुसन प्रालि.द्वारा सञ्चालित सहकारीखबर डटकम अनलाईन स्थापनाको चौंथो वर्षमा प्रवेश गरेको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को सभाहलमा एक कार्यक्रम गरी अनलाईनको स्थापना दिवस मनाइएको छ । सहकारीखबरका प्रकाशक÷सम्पादक काजी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा शुभकामना व्यक्त गर्दै सिजेएनका अध्यक्ष डिल्लीप्रसाद सापकोटा, जिल्ला सहकारी संघ काठमाडौका कोषाध्यक्ष मनोज भण्डारी, संघकी संचालक अमरावती ...
  • सहकारी बैठकमा प्रधानमन्त… Apr 1, 2016 Arthatantra
    काठमाण्डौँ । प्रधानमन्त्री केपी ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् भने उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्रबहादुर केसीले आफूलाई नाम दिएको तर अधिकार नदिएका कारण गरिब जनताको सेवा गर्न नपाएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)द्वारा आयोजित ‘वित्तीय समावेशीकरणको लागि साकोसमा सञ्जाल व्यवस्थापन’ ...
  • २४ करोडको हिनामिना गर्ने व… Apr 1, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल राष्ट्र बैंक, प्रोब्लम बैंक रिजोलुसन डिभिजनले २४ करोड हिनामिना गरेको अरोपमा दोषी ठहर गरेपछि फरार रहेका व्यक्तिलाई कार्यक्रममै सहभागी भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोछ । डिभिजनले आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक एक दिवसीय गोष्ठीमा भाग लिन पुगेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वाविरुद्ध बैंकिङ कसुर गरेको भन्दै महाशाखाले २०७१ माघ १५ गते जाहेरी ...
  • १५ करोड रुपैयाँ बराबरको से… Mar 31, 2016 Arthatantra
    काठमाण्डौं । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनश वितरण पश्चात कायम चुक्तापूँजीको दुई बराबर एक हकप्रद निष्काशन गर्ने भएको हो । यो भनेको करिब १५ करोड रुपैयाँको सेयर निस्कासन हो । फाइनान्सले हकप्रद प्रस्ताव पारितका लागि वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट आफ्ना ...
  • आइपुग्यो ४८ हजार ५ सय कित्… Mar 30, 2016 Arthatantra
    काठमाण्डौं । झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई दश प्रतिशतकादरले हकप्रद शेयर जारी गरेको छ । बैंकले ४८ लाख ५० हजार रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैँया अकिंत ४८ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर बिक्री चैत्र १७ गतेदेखि खुल्ला भई २०७३ बैशाख २१ गते बन्द हुने बैंकले जनाएको छ । फागुन २३ गते सम्म ...

[aas_zone zone_id=”6988″]