काठमाण्डौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीले २ जना आईटी इन्जिनियर र ५ जना बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताबाट करारमा सो पदपूर्ति गरिने बताइएको छ ।
आईटी इन्जिनियरका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान, इलेक्ट्रोनिक्स वा कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ भने वरिष्ठ सहायकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, जनप्रशासन वा व्यापार प्रशासन वा कानुन विषयमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ ।
प्रकाशितः २०७३ साउन १८
वि.सं.२०७३ साउन १८ मंगलवार १२:०९ मा प्रकाशित