काठमाण्डौं । अहिलेको जमानामा पनि अर्बौँको सम्पत्ति छाडे सन्यासी बनेको सुन्दा अचम्म लाग्छ। तर हालै दिल्लीमा एक अर्बपतिले आफ्नो सम्पूर्ण सम्पत्ति छाडेर सन्यासी भएका छन्।
दिल्लीमा ‘प्लाष्टिकका राजा’ भनेर चिनिने भम्वरलाल रघुनाथ दोशीले आफ्नो करिब १० अर्ब रुपैयाँको व्यवसाय छाडेर सन्यासी भएका छन्।
उनले राजस्थानमा बस्ने दोशीले आफ्नो सबै सम्पत्ति त्यागेर जैन धर्मको दिक्षा लिएका हुन्।
दोशीका दुई छोरा र एक छोरी छन्।
प्रकाशितः २०७३ भदौ ११
वि.सं.२०७३ भदौ ११ शनिवार ११:०३ मा प्रकाशित