back
NMB ad

तीस जोर लुगाले बचाएको विद्यालय !

Kumari bank ad

काठमाण्डौं । विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा–७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो।

त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँच हजार रुपैयाँ बोकेर बिराटनगर लागे।

जिल्ला सदरमुका पुगेर उनले त्यही पैसाले कपडा खरिद गरे। तीस जोर स्कुल ड्रेस उतै सिलाएर भौडाहा फर्किए। गाउँमा विद्यालय जाने उमेरका बालबालिकालाई जहाँजहाँ भेट्यो त्यहीँ नयाँ लुगा लगाइदिन थाले। सुवेदीको अभियान देखेर अभिभावक छक्क परे। यहाँ सीमान्तकृत सरदार, राजवंशी, ताजपुरिया र मुडियार समुदायको बाहुल्य छ।

तेह्र वर्षअघि बन्द गर्न निर्देशन दिइएको त्यही विद्यालय अहिले श्रव्यदृश्यका माध्यमबाट पठनपाठन गराउने विद्यालयका रुपमा जिल्लामै नमुना बनेको  छ ।

‘अहिले तीस जोर लुगा बाँडेर विद्यालय बच्यो भनेर सुनाउँदा धेरैले पत्याउँदैनन्’, सुवेदीले भने, ‘बाटोबाटोमा भेटिएका जति सबै बालबालिकालाई नयाँ लुगा लगाइदिएँ घरघघरमा गएर पनि लुगा बाँडेँ।’

२०६० सालमा यस्तो कदम चालेका उनलाई स्थानीय राजकुमार देवले सघाएका थिए।  सुवेदीले यो कदम चाल्नुअघि विद्यालयमा विद्यार्थी संख्या घटेर ५ जनामा सिमित भएको थियो। बाँसको टाटीले बेरेर खरले छाएको विद्यालय भवन ढल्नमात्र बाँकी थियो। विद्यालयको आफ्नै जमिन थिएन। सुवेदीको कदमले चमत्कार गर्‍यो। पहिलो पटक नयाँ ड्रेस पाएका विद्यार्थीहरू भोलिपल्टदेखि विद्यालय आउन थाले। अहिले यो विद्यालउ शिक्षा कार्यालय मोरङको पहलमा जिल्लाकै नमुना विद्यालय बनेको छ। प्राविबाट बढुवा भएर निमावि बनेको छ। विद्यार्थी संख्या बढेर ३ सय पुगेको छ। कम्प्युटर कक्षा, श्रब्यदृश्य कक्षा र नर्सरीमा मन्टेश्वरीकै पाठ्यक्रम राखेर अंग्रेजी माध्यममा पढाइ हुन थालेको छ। खबर आजको अन्नपूर्णमा खबर छापिएको छ।

प्रकाशितः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार ०९:५७ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...