काठमाडौं । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ । दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन् । घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ । यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खोलेर सार्वजनिक गर्न हिचकिचाउँछन् । संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ । भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो ।
कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ । नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ ।
अन्य पार्टीहरुको विवरण
नेकपा एमालेको खातामा ४ करोड
नेकपा माओवादी केन्द्रको खातामा ५ लाख
राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार
संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख
नेकपा मालेको खातामा ४ लाख । आजको नेपाल समाचारपत्रबाट ।
प्रकाशितः २०७३ भदौ २७
वि.सं.२०७३ भदौ २७ सोमवार ०९:५० मा प्रकाशित