back
NMB ad

माघीको दिन पारेर धेरै पटक लिलामीमा चढें : शान्ता चौधरी

Kumari bank ad

शान्ता चौधरी । मेरो एउटा उमेर थियो, विगतका दिनहरु थिए त्यसबेला माघी आउँदा असाध्यै खुसी भइन्थ्यो । यसकारण पनि खुसी भइन्थ्यो कि आँशु बिर्सन सकियोस् । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी म अनि मेरो उमेरका बालबालिकाका लागि उल्लास बोकेर मात्र आउँदैनथ्यो, लिलामीमा चढ्नुपर्ने पीडा बोकेर पनि आउँथ्यो । माघी आयो भनेर सबै खुसी हुन्थे, अरु खुसी भएको देखेर हामी पनि खुसी हुन्थ्यौं तर ह्रदयभित्र आँशुका धारा बग्थे । माघीको दिन पारेर म धेरै पटक लिलामीमा चढें, नयाँनयाँ घरमा कमलरी बस्न पुगें । माघीसँगै जीवन झन जर्जर बन्दै गयो, मेरो उमेर बढ्दै गयो, पीडा र समस्या बढ्दै गयो । हरेक वर्ष माघी आइरह्यो तर मेरो जीवनमा खुसी आएन ।


नेपालको सबैभन्दा धेरै मानिसले मनाउने चाड माघी हो भन्ने धेरै पछि मात्र थाहा पाएँ । अहिले म माघीमा दुखी हुन्न, खुसी मनाउँछु, रमाउँछु, उल्लासमा डुब्छु किनभने यो महान चाड हो । यति साझा चाड नेपालमा अरु छैन जस्तो लाग्छ ।


म मात्र होइन, हजारौं हजार कमैया कमलरीले यही जीवन भोगे । महान चाड माघीको उपलक्ष्यमा खुसी हुने कि आँशु बगाउने भन्ने राम्ररी महशुस नगरी हजारौंले बालापन बिताएका छन् । माघी आँशुको पर्व कि खुसीको पर्व भन्ने नबुझेरै बालापन बितेको छ । अनि, आफ्ना सन्तानलाई कमलरी बनाएर पठाउँदा माघीका दिन बाआमाहरुको मनमा के गुज्रन्थ्यो होला ? उनीहरुले पनि माघीको खुसी अनुहारमा देखाउँथे तर मन त रोएकै हुन्थ्यो ।

तर, अहिले म माघीमा दुखी हुन्न, खुसी मनाउँछु, रमाउँछु, उल्लासमा डुब्छु । किनभने यो महान चाड हो । महान सांस्कृतिक पर्व हो । पहिले मलाइ लाग्थ्यो– हामी थारुले मात्र माघी मनाउँछौं । तर, नेपालको सबैभन्दा धेरै मानिसले मनाउने चाड माघी हो भन्ने धेरै पछि मात्र थाहा पाएँ । मलाई के लाग्छ भने हिमालदेखि तराईसम्म एकसाथ मनाइने कुनै चाड छ भने त्यो माघी नै हो । माघीलाई माघे संक्रान्ति तथा अन्य विभिन्न नामले पनि मनाइन्छ । जे नाम भने पनि आजको दिनले देशलाई जोड्छ, समुदायहरुलाई जोड्छ, मानिस र मानिसलाई जोड्छ । अहा, कति साझा र सुन्दर चाड छ माघी ! यति साझा चाड नेपालमा अरु छैन जस्तो लाग्छ ।

तैपनि माघी थारु समुदायको विशेष परिचय बनेको छ । थारु र माघी अनन्य छन् । विगतमा माघीमा कमैया कमलरी लिलामीको जुन कुप्रथा थियो त्यो सामाजिक कुसंस्कारको मात्र उपज थिएन । कतिपयले जातीय उत्पीडन भन्ने गरेका छन् तर म यो मान्न तयार छैन । धनी थारुले पनि कमैया कमलरी राख्ने गरेका थिए । गरिब थारुका सन्तान अहिले पनि कमलरीको हालतमा छन्, कमैया मुक्ति भनियो तर आर्थिक रुपमा दास हजारौं थारु छन् । थारु मात्र नभएर अन्य जातीय समुदायका बालबालिका पनि धनीका घरमा काम गर्न बसेका छन् । सबै जातीय समुदायका मानिस विपन्न हालतमा छन् । त्यसकारण आर्थिक विषमता हटाउनु नै यी समस्याको समाधान हो । हामीले आर्थिक समस्या जातीय आधारमा समाधान गर्न सक्दैनौं, वर्गीय मुद्दालाई आर्थिक रुपमा नै समाधान गर्नुपर्छ । मानिस सम्पन्न भयो भने उसले आफ्नो जातीय संस्कृति पनि जोगाउन सक्छ ।

त्यसैले महान माघी पर्वले सबैलाई जाति र पार्टीभन्दा माथि उठेर मानवता भन्ने प्रेरणा दिओस्, देश भन्न सिकाओस् । हरेक संस्कृतिको कदर गर्न सिकाओस् । माघीको उपलक्ष्यमा सबैमा हार्दीक शुभकामना व्यक्त गर्दछु । तपाईंहरुको आगामी दिन शुभ र सफल होस् । देशमा शान्ति होस्, देशले आर्थिक प्रगति गरोस्, कसैले पनि विपन्न हालतमा रहन नपरोस् ।

शुभकामना !!!

चौधरीको फेसबुकबाट 

वि.सं.२०७२ माघ १ शुक्रवार १३:४६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...