back
NMB ad

श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासंघले आन्दोलन गर्ने

Kumari bank ad

भक्तपुर । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै बिष्टले लामो समय देखि सञ्चार जगत्मा चर्चाको बिषय बनेको श्रमजीवि पत्रकारको न्यनूतम पारिश्रमिकको बिषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार गृह केन्द्रित आन्दोलन गर्ने बताएका हुन् ।

बिष्टले पत्रकारका बिषयमा गरिएको बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका बिषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयन तर्फ सरकारले तत्कालै कदम चाल्नु पर्नेमा जोड दिएका थिए ।

देश संघियतामा प्रवेश भईसकेकोले पत्रकार महासंघमा समेत ब्यापक परिवर्तन गर्नु पर्ने भएकाले बिधान संशोधनको तयारी भएको र यसको मूर्त स्वरुप छिटै देखा पर्ने भन्दै संबिधानको सफल कार्यान्वयनमा सञ्चार जग्तको भूमिकालाई ब्यापक पार्नु पर्ने बताए ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की

कार्यक्रममा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपालमा औंलामा गन्न मिल्ने सञ्चार माध्यम बाहेक अन्य मिडियाहरु आर्थिक संकटमा रहेको भन्दै मिडियालाई आर्थिक सवल पार्न नसके समस्या जस्ताको तस्तै रहने बताए ।

सञ्चार क्षेत्रमा आउने क्रम जति बढेको छ त्यतिनै पाँच ६ बर्ष काम गरेको पछि आफ्नो भबिष्य नदेखेर बिलिन हुने क्रम समेत बढेको उले बताए। यसरी नेपालको मिडियामा काम गरि जीवन जोह गर्न सक्ने अवस्था हाल सम्म पनि देखा पर्न नसकेको उनको भनाई छ । दूई प्रकारका सञ्चार गृह रहेको र एक सक्षम भएर पनि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने र अर्को आर्थिक रुपमै असक्षम भएकाले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको अवस्था देखिएको उनले बताए ।

उनले सबै भन्दा कान्छो मिडिया भनेको अनलाईन सञ्चार माध्यम भएता पनि यो बाँदरको हातमा नरिवल बनेको भन्दै समाचारको राम्रो माध्यम भएता पनि यसलाई ब्यवस्थित गर्न नसक्दा यसको अपार भबिष्य संकटमा पर्न सक्ने अवस्था देखिएको विचार व्यक्त गरे । कमिकम्जोरीलाई नियन्त्रण गर्दै यसको प्रर्वद्धनमा लागेको र कानुनी मान्यता दिलाउँदै पत्रकारीताको सामान्य नियम अनुसार नै सञ्चालन गर्नु पर्नेमा काउन्सिलको मान्यता रहेकामा उनले जोड दिए ।
२३ भदौ २०७३, ३।००

वि.सं.२०७३ भदौ २३ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...