back
NMB ad

रोनाल्डोले जिते फिफा वर्ष खेलाडी अवार्ड ! हेर्नुस् भिडियो जितपछि रोनाल्डोले के भने ?

Kumari bank ad

पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् । ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले अवार्ड उचाले ।

गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।

यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएको थियो । तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन् । दुवै अवार्ड रोनाल्डोले जिते ।

अवार्ड जितेपछि रोनाल्डोले भने ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन । समूहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खशी छु ।’

हेर्नुस् भिडियो जितपछि रोनाल्डोले के भने ?  भिडियो हेर्न यो रातो अक्षरको लिंक खोल्नुहोस् । क्रिष्टियानो रोनाल्डो भनाई

वि.सं.२०७३ पुस २६ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...