Logo

आजै ५ कम्पनीको ९१ लाख कित्ता बोनस सेयर सूचिकृत !

काठमाडौ । शुक्रबार नेप्सेमा पाँच कम्पनीको ९१ लाख ४४ हजार चार सय ९१ दशमलव १९ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

कुमारी बैंक लिमिटेडको ५६ लाख ८० हजार ३ सय ९१ दशमलव २९ कित्ता, कामना विकासको १४ लाख २७ हजार सात सय ४३ दशमलव ३, मिथिला लघुवित्त विकासको ६४ हजार ५ सय १ दशमलव २, रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरको छ लाख २९ हजार २ सय र एशियन लाइफ इन्स्योरेन्सको १३ लाख ४२ हजार छ सय ५५ दशमलव चार कित्ता बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मितिः २०७४ जेठ १२

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com