Logo

मंगलबार २१ अंकले घटेको सेयर बजारमा के–के भयो ?

काठमाडौ। मंगलबार सेयर बजार परिसूचक नेप्से परिसूचक २१ दशमलब १५ अंकले ओरालो लागेर १५९४ दशमलब ४३ अंकमा झरेको छ । बजारमा ७६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा उक्त रकम एक करोड रुपैयाँले बढी हो ।

यसदिन १४७ कम्पनीको १२ लाख ९७ हजार ८२८ कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १२०.छ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य, बैंकिङ, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २६.९, १९.३७, १६.२२, ११.०७ र १०.४४ अंकले ओरालो लागेको छ । उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक क्रमशः ५.१७ र १.५८ अंकले बढेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १६

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com