back
NMB ad

सिन्धुली वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रकवि घिमिरे दम्पत्तिको सम्मान (फोटो फिचर)

Kumari bank ad

काठमाडौं–सिन्धुली बाङ्मय प्रतिस्ठानले राष्ट्रकवि माधव घिमिरेको दम्पत्तिलाई बुधबार राजधानीमा सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पत्तिलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल’ ले दोसल्ला ओढाएर सम्मान गरका हुन् ।नेपाली साहित्यका धरोहरका रुपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो ।madhav ghimire

त्यस अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाब्यकार उमानाथ शास्त्रीजस्ता मुर्धन्य साहित्यकारलाई जन्म दिएको संस्मरण गर्दै त्यहाँका साहित्यकारहरुबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताए । उनले सिन्धुली जिल्ला टेक्ने आफ्नो अझै चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका श्रष्टाहरुको योगदानलाई भुल्न नसकिने बताए ।madhav ghimire 2 (1)

प्रतिष्ठनाका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यकार व्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारहरुको तर्फबाट सम्मान गर्न पाउँदा आफूहरुले गौरव महसुस गरेको बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसारको साहित्यकारहरुको एकै ठाउँमा वस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताए ।madhav ghimire 5

त्यस अबसरमा साहित्यकारहरुले राष्ट्रकविसँग अन्तक्र्रिया समेत गरेका थिए । उनीहरुले राष्ट्रकविले जीवनकालमा प्राप्त गर्नु भएका पदक, सम्मान पत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना श्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।

प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार १४:०५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...