back
NMB ad

आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’

Kumari bank ad

ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् ।

विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ ।

आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल संवत् ७६१ देखि पाटन दरबार क्षेत्रमा अवस्थित कात्तिक डबलीमा प्रदर्शनी गरिने उक्त नाचले देश र जनताको कल्याणार्थ स्थापित गरिएको जनविश्वास रहँदै आएको छ । आर्थिक अभावले गर्दा २७ दिनसम्म सञ्चालन हुने उक्त नाचलाई छोट्याएर देखाउनुपर्ने बाध्यता रहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

प्रत्येक वर्ष १२ दिनसम्म नाच सञ्चालन गर्दा न्यूनतम रु पाँच लाख लाग्ने गरेको उको भनाइ रहेको छ । उनका अनुसार त्यही दाँजोमा नाचलाई पूरा प्रदर्शनी गर्नुपरेमा रु १५ लाख लाग्ने छ । १२ दिनसम्म नाचलाई सञ्चालन गर्दा कलाकार तथा वाद्यवादन टोली गरेर १२० जना जनशक्तिको आवश्यक रहेको समितिका अध्यक्ष चित्रकारले बताए ।

उनका अनुसार २७ दिनसम्म नाचलाई प्रदर्शनी गर्नु परेमा ३०० जनशक्तिको आवश्यक रहनेछ । जनशक्ति बढ्दै जाँदा खर्च पनि त्यही अनुपातले वृद्धि हुँदै जाने गरेको उनले बताए । नाचमा संलग्न नयाँ कलाकारले न्यूनतम तीनदेखि चार महिनासम्म नाच सिक्नुपर्ने उनको तर्क रहेको छ ।

यसैगरी पुराना कलाकारलाई दुई सातासम्मको तयारी गर्नुपर्नेछ । समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यका अनुसार प्रत्येक वर्ष सञ्चालन गर्नुपर्ने नाचलाई आर्थिक अभावकै कारण पूरा देखाउन कठिन रहेको छ । नाचमा संलग्न कलाकारलाई आवश्यक पर्ने सामग्री, खाना, लत्ताकपडा, गरगहना, मञ्च व्यवस्थापनमै समस्या भइरहेको उनले गुनासो गरे । प्रत्येक दिन न्यूनतम रु ५० हजार खर्च हुने गरेको उनले प्रस्ट पारे ।

कात्तिक ७ गतेबाट शुरु भइरहेको नाचलाई आर्थिक सहयोगस्वरुप पर्यटन तथा संस्कृति मन्त्रालयबाट रु ५० हजार २०० आर्थिक सहयोग प्राप्त भएको उनले बताए । यसैगरी पाटन सङ्ग्रहालयबाट रु २० हजार र नेपाल उद्योग वाणिज्य संघ ललितपुरले नगद रु १० हजार सहयोग गरेको छ । “नाचको संरक्षण र संवद्र्धनका लागि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक लाख दिइएकामा यस वर्ष भने आर्थिक सहयोग प्राप्त गर्न सकेको छैन”, उनले भने ।

कलाको नगरी पाटनमा सञ्चालित कात्तिक नाचको संरक्षण र संवद्र्धनमा महानगरपालिकाको पनि जिम्मेवारी भएको भन्दै महानगरप्रमुख चिरीबाबु महर्जनले यसका लागि बजेट विनियोजन भइसकेको जानकारी दिए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १४:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...