Logo

कार्तिक २३ भित्रमा सेयर किन्नुहोस् र २५% बोनसका साथमा नगद लाभाँश लिनुहोस् !

काठमाडौ । एनएमबि माइक्रोफाइनान्सले वार्षिक साधारण सभा गर्न कात्तिक २४ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले यसअघि नै गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने बताईसकेको छ ।

माइक्रोफाइनान्सले प्रस्ताव गरेको बोनस सेयर राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । तर कम्पनीले साधारण सभा हुने मिति भने तोकिसकेको छैन ।nmb microfinance book closer

कात्तिक २४ गतेदेखि बुक क्लोज हुने भएकाले एनएमबिको लाभांश पाउन कात्तिक २३ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक १६

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com