Logo

करिश्माको ‘तिम्रो ओठैमा’ बजारमा आयो(हेर्नुहोस् भिडियोसहित)

सल्यान । लोक गीत संगीतको बजारमा हिजोआज ‘तिम्रो ओठैमा’ ले चर्चा बटुलिरहेको छ । यस लोक दोहोरी गीत ‘तिम्रो ओठैमा’ को म्युजिक भिडियो गएको शुक्रबार युट्युवमा सार्वजनीक भएसंगै यसले लोक दोहोरिका पारखिहरुको मन तान्न थालेको छ ।

निर्देशक विक्रम चौहान र करिश्मा ढकालको फरक ढंगको नृत्यमा दंगाली गायक तथा संचारकर्मी प्रेम विवश घर्ती र करिश्मा घमको स्वर रहेको छ । यो गीत आशिष म्यूजिक प्रालि मार्फत बजारमा आएको हो । करिश्माको शब्द रहेको गीतको लय गायक घर्तीले बनाएका हुन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मितिः २०७४ कार्तिक २७

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com