Logo

भुजिया उद्योगमा आगलागी, रु १० लाखको क्षति

झापा । झापा दमकस्थित एक भुजिया उद्योगमा आज अपराह्न आगलागी हुदाँ करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

दमक–६ स्थित भगवती भुजिया उद्योगमा विद्युत् चुहावट भएर लागेको आगलागीबाट उद्योगमा उत्पादित सामग्री तथा कच्चा पदार्थ नष्ट भएको उद्योग सञ्चालक टीका थापाले बताए ।

दमक नगरपालिकाको दुई वटा वारुणयन्त्र र गौरादहको एक वारुणयन्त्रसहित स्थानीयबासीको सहयोगमा एक घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रकाशित मिति : १४ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com