Logo

विमानस्थलबाट यसरी पक्राउ परे चिनिया नागरिक

काठमाडौँ । तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ ।

बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com