Logo

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, हेर्नुहोस कस्को कति मत

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख १२ हजार २३० मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख २७ हजार ८१५ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)११ लाख ७० हजार ३७५ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १३ हजार ९५५ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ७१ हजार ४७, विवेकशील साझाले एक लाख ९५ हजार ८४१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ८७ हजार ३२६, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ८९१, राप्रपा (प्रजातान्त्रिक) ले ७३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २२६ मत र अन्य दलले तीन लाख १५ हजार ६५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com