back
NMB ad

मलाई सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ, तर त्यो चुनौतीपूर्ण छ : ओली

Kumari bank ad

काठमाडौँ । मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सरकार निजी क्षेत्रको साझेदारिताकासाथ पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्ने खाचो औँल्याए ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्वतारोहण, पदयात्राको असाधारण महत्व रहेको र योसँगै सिंगो पर्यटन व्यावसायिक पक्ष जोडिएकाले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिए ।

नेपाल विश्वकै असाधारण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उनले अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक र जैविक विविधताको अधिकतम सदुपयोग गरी देशको समृद्धिसँग जोडेर लैजानुपर्ने धारणा व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ठट्यौली शैलीमा भने, “मलाई सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ तर सम्भव छैन त्यो चुनौतीपूर्ण छ । सगरमाथा आरोहण ‘कुर्सीमा बसेर चेस खेलेजस्तो र टेबलमा राखेर क्यारेमबोर्डको गोटी हानेजस्तो हैन’ यो असाध्यै चुनौतीपूर्ण छ, यस साहसिक काम सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सरोकार निकायले ध्यान दिनुपर्छ ।”

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालको हिमाल सम्पत्ती भएकाले यसको वातावरण सन्तुलन कायम राखी देश र जनताको समुन्नतिमा अधिकतम उपयोग गरिनुपर्ने धारणा राए ।

एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालका हिमाल पर्यटकीय गन्तब्य मात्र नभई पहिचान र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताए ।
एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतीय पर्यटन विकासमा संस्थाले खेलेको भूमिका, चुनौती र आगामी रणनीतिबारे जानकारी गराएका थिए ।

उनले एनएमएले वार्षिक रोयल्टी उठाउँदै आएका १२ वटा हिमालको गत भदौ मसान्तमै समयावधि सकिए पनि पर्यटन विभागले अझै नवीकरण नगरेको भन्दै यथाशीघ्र नवीकरणका लागि ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, नेकपा (माओवादी केन्द्र) का पर्यटन विभाग प्रमुख टेकबहादुर बस्नेत र पर्यटन व्यवसायीको उपस्थिति थियो ।

२०७४ पुस १४ गते प्रकाशित

वि.सं.२०७४ पुस १४ शुक्रवार १८:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...