Logo

नेताजी कविता : कठैवर तपाईंहरुको बोली छेपारोको रङ्ग जस्तै !

कविता

प्रदेशसभा र संसदिय निर्वाचन त सकियो नि
खोइ त नेताजी तपाईंहरुका प्रतिज्ञाहरु ?

जनताहरु त सुशासन, समृद्धि र बिकास को प्रतीक्षामा छ्न,
खोइ त नेताजी तपाईंहरुसंग बिहानिका आशलाग्दा किरणहरु ?

जनताहरुले त इमानदारीका साथ आफ्ना जिम्मेवारी पूरा गरे नि,
खोइ त नेताजी तपाईंहरुले दिएका आश्वासनहरु ?

देश त महङी र भ्रष्टाचारले चुर्लुम्म छ नि,
कस्ले गर्छ नि नेताजी नियन्त्रण ?

अहिलेसम्म राजनीतिक जोड घटाउ नै मिलेन,
कहिले हुन्छ नि हजुरहरुको पार्टीको एकिकरण ?

तपाईंहरुको राजनैतिक भागबन्डा कहिल्यै नसकिने भो,
कस्ले पूरा गर्छ त घोषणपत्रका प्रतिबद्धताहरु ?

जनताका फैसलालाई बेवास्ता गरि सत्ता मोहमा लिप्त हुनुहुन्छ भने,
कस्ले गर्छ त नेताजी जनमतको कदर ?

कठैवर तपाईंहरुको बोली छेपारोको रङ्ग जस्तै बदलिँदो,
कहिले आउँछ त नैतिकता र बिश्वासको राजनीति ?

संबिधानमा लेखिएको छ र समानुपातिक कोटामा आफ्नै मान्छे मात्र चयन गर्न,
खैत नेताजी बौद्धिक बर्ग, पिछडिएका वर्ग अनि बिज्ञहरुलाई अवसर ?

कला पन्थ/ युरोप 

२०७४ पुस २१ गते प्रकाशित  

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com