Logo

सिभिलको ४० प्रतिशत हकप्रद भर्न छुटेको भए चिन्ता नलिनुस, थपियो म्याद

काठमाडौं । ४० प्रतिशत हकप्रदमा आवेदन पुस २७ गतेसम्मको सूचना प्रकाशित गरेको सिभिल बैंकले थप १५ दिन म्याद थप गरेको छ । माघ १२ गतेसम्म आवेदन गर्न सक्ने सूचना जारी गर्दै छुटेका सेयरधनीलाई मौका प्रदान गरिएको बैंकले जनाएको छ ।

सिभिलले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर मंसिर २२ गतेदेखि बिक्री गरेको हो ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गरेकाले मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन ।

सेयरधनीले बैंककको हकप्रद लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंकका सबै शाखा, र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

२०७४ पुस २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com