back
NMB ad

यस्तो छ तारुकामा गोरु जुधाउने तयारी

Kumari bank ad

नुवाकोट । आगामी माघेसङ्क्रान्ति एवम् मकर पर्वको अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारीलाई तीव्र बनाइएको छ ।

लामो समयदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउन व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारीलाई तीव्र बनाएको ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’का अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए ।

दलीय सहमतिको आधारमा आलोपालो मूल समिति गठन गरी तयारी थालिएको गोरु जुधाई मेला सञ्चालनका लागि होमनाथ सिग्देलको संयोजकमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

समितिको सदस्यहरूमा नारायण सिग्देल र रामशरण सिग्देल रहेका छन् । प्रचारप्रसार उपसमितिको गठन गरी संयोकजमा विष्णु जमकट्टेल रहेका छन् । उपसमितिको सदस्यमा नुवाकोटमा सञ्चालित रहेका सबै सञ्चारमाध्यम र क्रियाशील सञ्चारकर्मी समावेश गरिएको छ ।

Goru Judhai Taruka

गोरु दर्ताका लागि कुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन भएको छ । उपसमितिको सदस्यहरूमा कृष्ण श्रेष्ठ, दीपक तामाङ, शिव अधिकारी र लक्ष्मण प्रधान रहेका छन् । उपसमितिले गोरु दर्ताका लागि अहिले सम्पर्कमा आउन आग्रह गर्दै यही पुस २६ गते १८ हल गोरु दर्ता भएको ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’को अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए ।

यसैगरी मेला व्यवस्थापनका लागि ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’का संरक्षकसमेत रहेको वडाध्यक्ष सम्मरबहादर आलेमगरको सक्रियतामा मेलामा सहभागी हुन सवारीसाधन लिएर पुग्नेको साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाई जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउन तयारी मिलाइएको छ ।

गोरु जुधाएको जात्रामा सहभागीलाई अवलोकनका लागि सहज रूपमा हेर्न मञ्च तथा प्याराफिटको निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको वडाध्यक्ष तथा मेला सञ्चालक संस्थाका संरक्षक आलेमगरले जानकारी दिए ।
गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुधाइने स्थान चन्दनीसम्म सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घन्टा बन्द हँुदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन आयोजना पक्षले सहमति दिएको छ । मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार तोकिएको छ ।

२०७४ पुस २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार १३:०५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...