Logo

किन्ने होइन त बैङ्कको एफपिओ ? एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार कित्ता प्रिमियम मुल्यमा आउदै

काठमाडौ । नेपाल बैंक लिमिटेडले एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एफपिओ जारी गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेको बैंकले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको हो ।

नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ । चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा रहेको छ ।

माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले एफपिओ प्रस्ताव गरेको हो । बैंकले प्रिमियम मूल्यमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।

२०७४ माघ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com