back
NMB ad

आर्थिक उपार्जनको माध्यम, जडीबुटी संकलनबाट व्यावसायिक बन्दै किसान

Kumari bank ad

ललितपुर । हिमाली र उच्च पहाडी जिल्लावासीले जडीबुटी संरक्षणसँगै त्यसबाट मनग्य आम्दानी लिन थालेका छन् ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हु्न् ।

चिराइतो, अल्लो जटामसीलगायत जडीबुटीको संकलन भइरहेको उल्लेख गर्दै परियोजनाका निर्देशक विजयकान्त झा भन्छन्, “अहिले जंगलमा कुहिएर खेर जाने जडीबुटीबाट त्यहाँका किसानले राम्रो आम्दानी थालेका छन् ।”

परियोजनाले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा यस्ता जडीबुटी प्रशोधनका लागि उपकरण किन्न चाहने उद्योगलाई अनुदान सहयोग गरेको र संकलन भएका जडीबुटी यिनै उद्योगबाट प्रशोधन हुँदै आएको छ ।

स्थानीयवासीलाई संकलनसँगै संरक्षणसमेत सिकाइएको परियोजना निर्देशक झा बताउछन् । सामुदायिक जंगलमा जडीबुटीको संकलन र संरक्षण भइरहेको हो । उनी भन्छन्, “हामीले भविष्यसम्म त्यसबाट फाइदा लिइरहन पनि संरक्षणका कार्यक्रम सँगसँगै लगेका छौँ ।” यी जिल्लामा ८७ वटा सहायक परियोजनामार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कृषि उत्पादन कम हुने र आम्दानीका हिसाबले कमजोर रहेका स्थानका किसानलाई व्यावसायिक बनाउनका लागि परियोजना सञ्चालनमा ल्याइएको र ती स्थानमा उत्पादित जडिबुटी केन्द्रित सहायक परियोजना सञ्चालित छ ।

परियोजनाले सहायक परियोजनामार्फत त्यहाँ सम्भावना भएको क्षेत्रमा अनुदान सहयोग गरिरहेको छ । कुषि विकास कार्यालय र पशुसेवा कार्यालयमार्फत सञ्चालन भइरहेको यो परियोजनाको अवधि आगामी असारसम्म रहने त्यसपछि कार्यक्रम स्थानीय निकायमा हस्तान्तरण गर्ने योजना छ ।

२०७४ माघ २८ गते प्रकाशित

वि.सं.२०७४ माघ २८ आइतवार १४:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...