back
NMB ad

मदन आचार्यको नेतृत्वमा एमाले निकट पर्यटन व्यवसायी संगठनको सिंगो कार्यसमिति सर्वसम्मत

Kumari bank ad

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबारदेखि शनिबारसम्म सम्पन्न महाधिवेशनले ५९ सदस्यीय केन्द्रीय कमिटी र २२ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

 

संगठनको अध्यक्षमा मदनकुमार आचार्य, वरिष्ठ उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्षमा सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् ।

महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुषाल चयन भएका छन् ।

सचिवहरुमा शिव लामिछाने, कुमार थापा, विरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको संगठनको सचिवालयले जनाएको छ ।
प्रथम बैठकले माधव नेपाल, भुवन पाण्डे, ठाकुर पाण्डे, पशुपति शर्मा, सुमन नेपाल, वाङ्छु शेर्पा, टोम सोपकोटा र जया बराललाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।

प्रक्रियामा असन्तुष्टि जनाउँदै राजिनामा 

नयाँ कार्यसमिति चयन गर्दा चुनावी प्रकृयामा जानु पर्नेमा नगई एकलौटी रुपमा पदाधिकारी चयन गरेको भन्दै नयाँ कार्यसमितिका उपाध्यक्ष सापकोटा अध्यक्ष सहित केहि पदाधिकारीले बिद्रोह गरेका छन् । सापकोटा अध्यक्षको आकांक्षी थिए । उनले यो कार्यसमिति आफूहरुलाई मान्य नरहेको बताए ।

असन्तुष्टि जनाउनेमा सिताराम सापकोटा र राजेन्द्रप्रसाद सापकोटा, कुमार थापा, विरेन्द्र अधिकारी, ध्रुव सिंखडालगायत रहेका छन् । उनीहरुले केन्द्रीय सदस्यमासमेत नरहने गरी राजिनामा दिएका हुन् ।

२०७४ फागुन १२ गते प्रकाशित 

वि.सं.२०७४ फागुन १२ शनिवार २२:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...