back
NMB ad

पर्यटक आकर्षणका लागि थामकोटमा भ्यूटावर निर्माण गरिने

Kumari bank ad

म्याग्दी । पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो ।

धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । भ्यूटावर निर्माण गर्न गाउँपालिकाले रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् ।

हालै गाउँपालिकाको पहलमा प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजालगायतको टोलीले स्थलगत निरीक्षण गरी थामकोटमा भ्यूटावर निर्माणका लागि सिफारिश गरेको छ ।

समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बन्ने भएपछि आवश्यक तयारी शुरु गरिएको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताए । थामकोटबाट मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

२०७४ फागुन २६ गते प्रकाशित

वि.सं.२०७४ फागुन २६ शनिवार १२:०८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...