back
NMB ad

ग्रामीण क्षेत्रमा पहुँच बढाउदै सिभिल बैङ्क, लमजुङमा नयाँ दुई शाखा संचालनमा

Kumari bank ad

काठमाडौ । सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६, गौंडामा २०७४ फाल्गुन २६ गते र ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङमा २०७४ फाल्गुन २७ गते छुट्टाछुट्टै कार्यक्रम बिच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले समुद्घाटन गरे ।

उक्त शाखाहरुको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मी, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर घले, क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेस गुरुङ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका बोल्नुहुदै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि नभएको बताउदै स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि निर्देशन जारी गरेको बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । ग्रामीण भेगका नागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे ।

नेपाल राष्ट्र बैंकले हरेक महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बित्तीय पहुँच पु¥याउने निती अनुरुप सिभिल बैंकले हालसम्म कुनैपनि बैंकको पहुँच नपुगेको ठाउँहरुमा शाखा बिस्तार गर्दै गरेको गुरुङले बताए ।

विभिन्न कठिनाईहरु पार गर्दै ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङका वासिन्दालाई सेवा दिन पाएकामा शाखा प्रबन्धक आदित्य लोहनीले खुशी व्यक्त गरे । लोहनीका अनुसार गाउँमा बैङ्कको शाखा स्थापनाले स्थानिय निकै हर्षित छन् ।

कार्यक्रममा स्थानीयले पञ्चे बाजासहित स्वागत गर्दै स्थानिय स्तरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गरेको थियो । साथै आमा समूह, युवा क्लव, बाल समूहले साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए ।

सिभिल बैंकले चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु.२१ करोड ६५ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ३१% को बढि हो । बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने जनाएको छ ।

२०७४ फागुन २७ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २७ आइतवार २१:४० मा प्रकाशित

You can share this post!

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...