Logo

ब्रेकिङ न्युज : भर्खरै त्रिभुवन विमानस्थलमा युएस बंग्ला विमान दुर्घटना ग्रस्त

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भर्खरै युएस बंग्ला विमान दुर्घटना ग्रस्त भएको खबर प्राप्त भएको छ ।

अवतरणको क्रममा दुर्घटना भएको स्रोतले जानकारी दियो । रनवेबाट बाहिर गएर दुर्घटना भएको हो ।

काठमाडौं । त्रिभुवन विमानस्थलमा भर्खरै विमान बंग्लादेश दुर्घटना ग्रस्त भएको खबर प्राप्त भएको छ । अवतरणको क्रममा दुर्घटना भएको स्रोतले जानकारी दियो ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो । जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो । ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो ।

दुर्घटनास्थल नजिकै रहेका बिष्णु सापकोटाले विमानस्थलमा धुवाँ उडिरहेकोतस्विर ट्विटरमा पोस्ट गरेका छन

थप विवरण आउन बाँकी …

२०७४ फागुन २८ गते प्रकाशित 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com