back
NMB ad

उड्नुअघि यात्रुको टेलिफोन : काठमाडौँको मौसम कस्तो छ ?

Kumari bank ad

–प्रकाश सिलवाल

काठमाडौँ । ‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर।।।’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो ।

ढाकाबाट काठमाडौँ उड्नुअघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७ः३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमान युएस बंगलादेशमा परेका आफ्ना दाइ बैतडीका सोविन्द्रसिंह बोहराको अवस्था पत्ता लगाउन विभिन्न अस्पतालमा पुगे पनि तत्काल अवस्था पत्ता लाग्न सकेन । सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ वानेश्वरको निजामती, माइतीघरको अन्नपूर्ण न्यूरो हुँदै थापाथलीको नर्भिक अस्पतालसम्म पुग्दा पनि दाइ कुन अवस्थामा कहाँ छन् भन्ने उनको परिवारले थाहा पाउन सकेन ।

नर्भिकमा ल्याएका पाँच घाइतेमा पनि सोविन्द्रसिंहको नाम नदेखिएपछि प्रहरी, चिकित्सिक, सञ्चारकर्मी र सम्बन्धित सबैतिर बुझ्दै निर्मला र उनका आफन्त महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुँदे, त्यहाँ सोविन्द्रसिंहलाई ल्याइएको बताइए पनि उनीसँग तक्काल भेट्न दिइएन । सुरक्षाकर्मीले गम्भीर अवस्थामा उपचार गराइरहेको जानकारी मात्र दिए, निर्मलाको मनको ढुकढुकी झन बढ्यो । सँगै रहेका निर्मलाका श्रीमान्ले नरुन सम्झाउँदा पनि उनको आँशु रोकिएको थिएन ।

त्यतिबेलासम्म विमानका ७१ यात्रुमध्ये ४९ जनाको ज्यान गइसकेकोे पुष्टि भइसकेको थियो । त्यसमध्ये ११ जना नेपालीको मात्र जीवित उद्धार भएको जानकारी नागरिक उडड्यन प्राधिकरणले दिएको छ ।

विमानमै रहेका अर्का यात्रु पाटन निवासी राजभाइ शाक्यको छोरी आस्था शाक्यको पनि साँझसम्म अवस्था पत्ता लागेको छैन । राजभाइ पनि विभिन्न अस्पतालमा चाहार्न पुगे । कुन घाइते कहाँकहाँ कतिखेर लगिएको भन्ने व्यवस्थित सूचना नहुँदा पनि परिवार र आफन्तले थप हैरानी बोहोर्नुपरेको जनाए । नर्भिक अस्पतालमा टोलाइरहेका राजभाइका साथी टेकरत्न बज्राचार्यले भने, “घटना सुन्नेबित्तिकै साह्रै तनाव भएर आस्थालाई खोज्न आएँ तर हालससम्म भेटिएको छैन ।” पच्चीस वर्षीया आस्था चिकित्सा शिक्षाको पढाइ सकेर स्वदेश फकिएकी थिइन् ।

नर्भिकमा उपचारका लागि ल्याइएका पाँचमध्ये वोन ट्राभल एजेन्सी, हात्तिसारका विनोदराज पौडेलको टाउँकोमा गम्भीर चोट देखिएको छ । उनलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको छ । यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उपचाररतमध्ये कीर्तिपुर निवासी बत्तिसपुतलीका ट्राभल एजेन्टस् व्यवसायी वसन्त बोहराको हातखुट्टा र टाउँकोमा चोट लागे पनि बोल्नसक्ने अवस्थामा छन् । रेम्बो ट्राभल, गैह्रीधाराका आशिष रञ्जीत र लक्ष्मी ट्राभलका सनम शाक्यको पनि खुट्टा र हातमा चोट लागेको छ । “सनमलाई सघन उपचार कक्षमा भेटेर आएँ, बोल्न सक्ने हुनुहुन्छ”, उनका एक आफन्तले भने ।

सो विमानमा बंगलादेशमा ट्राभल एजेन्टस् व्यवसायीको एक पुरस्कार वितरण कार्यक्रममा सहभागी भई फर्केका र चिकित्सा शिक्षा पढेर फर्केका अधिकांश यात्रु सवार रहेको पाइएको छ । बंगलादेशी यात्रुको विस्तृत विवरण आइसकेको छैन । रासस

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार २१:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...