back
NMB ad

छिमेकीसंग दिगो विकास र आर्थिक सम्वृद्धिमा प्रतिस्पर्धा, बाम सरकारको प्राथमीकता : उपाध्यक्ष गौतम

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले अबको ५ वर्षमा नेपालले भारत संग आर्थिक वृद्धिमा प्रतिस्पर्धा गर्ने बताएका छन् । धादिङ काठमाडौ सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौमा गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै गौतमले यस्तो बताएका हुन् ।

स्थानिय देखी प्रतिनिधिसभा सम्मका ३ वटै तहका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता गौतमले अहिलेको बामपन्थी सरकारले आगामी १५ वर्ष भित्र नेपाललाई विश्वको उदियमान अर्थतन्त्रको रुपमा स्थापित गर्ने दावी गरे ।

अबको १० वर्षमा दुई छिमेकी देशसंग आर्थिक तथा भौतिक विकासमा प्रतिस्पर्धा गर्ने बताउदै गौतमले देशको आर्थिक सम्वृद्धिको लागि बाम सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै पार्टी एकीकरण संगै देशमा राजनितिक तथा आर्थिक वृद्धिमा स्थायित्व हुने दावी गरे ।

सम्पर्क मञ्चले वनस्थलीमा गरेको सम्मान कार्यक्रममा धादिङका प्रतिनिधिसभा, प्रदेससभा र स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा आर्थिक सम्वृद्धि संगै दिगो विकास र जनमुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको मञ्चका सहसचिव अर्जुन तिमल्सेनाले जानकारी दिए ।

२०७४ चैत ३ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ३ शनिवार २१:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...