back
NMB ad

चुक्ता पूँजीको १० प्रतिशत बोनससँगै एभरेष्ट इन्स्योरेन्सले दिने भयो १०५ प्रतिशत हकप्रद

Kumari bank ad

काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण शेयरधनी कायम हुने गरि हकप्रद निष्काशनको लागि बैशाख १० गते साधारणसभा डाकेको छ। चैत्र ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १२ करोड १५ लाखको १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। बोनस शेयरपछि कम्पनीको पूँजी १३ करोड ३६ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले संस्थापक शेयर कायम गर्नका लागि बोनस शेयरपछिको पूँजी १३ करोड ३६ लाख रुपैयाको १०५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। १०५ प्रतिशत हकप्रदबाट बाँडफाँड गर्दा आउने पैसा संस्थापक शेयरका रुपमा कायम हुने छ। यसबाट कम्पनीको पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ५१.४९ प्रतिशत कायम हुनेछ।

कायम हुने २७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजीलाई एक अर्ब रुपैयाँ पुर्याउनु पर्ने नियामकीय प्रावधान छ। यसका लागि कम्पनीले ३०० प्रतिशत हकप्रद जारि गर्नु पर्ने हुन्छ। ३०० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत्र २६ गतेदेखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ। चैत्र २५ गतेसम्म कायम शेयरधनीले कम्पनीले घोषणा गरेको १० प्रतिशत बोनस शेयर पाउनेछन्।

२०७४ चैत ८ गते प्रकाशित

वि.सं.२०७४ चैत ८ बिहीवार १२:११ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...