back
NMB ad

अत्याधुनिक क्रिकेट रंगशाला निर्माणको लागि अवलोकन गर्न केन्द्रीय खेलकुद प्रतिष्ठान पुगे मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौँडा । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेको गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अवलोकन गरेका छन् । हेटौँडा १६ गौरिटारमा रहेको प्रतिष्ठानको आज अबलोकन गरेका हुन् ।

२३ विगहा क्षेत्रफलमा रहेको प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माणको अन्तिम चरणमा रहेको छ । फुटबल रंगशाला, क्रिकेट रंगशाला सहित विभिन्न खेलकुद खेल्ने स्थलहरु निर्माण गर्ने सोचको साथ पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौरिटारमा रहेको प्रतिष्ठानको ८ वर्ष पहिले शिलान्यास गरेका थिए ।

नेपाल नेतृत्वको सरकारपछि गठन भएका अन्य सरकारले प्राथमिकता नदिएपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको बेला प्रदेश सरकारले प्रतिष्ठान निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो ।

नेपालले भर्खर मात्र क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेको भन्दै मुख्यमन्त्री पौडेलले मोफसलमा क्रिकेट रंगशाला आवश्यक रहेको बताए । उनले गौरिटारमा अत्याधुनिक क्रिकेट रंगशाला निर्माणको लागि आफुहरु तयार रहेको समेत उल्लेख गरे । क्रिकेटको २०÷२० विश्वकप समेत खेलिसकेको भन्दै उनले क्रिकेटकोको महत्वपूर्ण काम गर्न तयार रहेको बताए ।

प्रतिष्ठानले मकवानपुरलाई खेल पर्यटन मार्फत सहयोग गर्ने र यो प्रतिष्ठानलाई प्रदेशको गौरबको रुपमा निर्माण गर्न आफु तयार रहेको मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

नेपालमा खेल क्षेत्रको विकासको लागि रंगशालाहरु नहुनु प्रमुख समस्याको रुपमा रहेको बेला प्रतिष्ठान निर्माणमा प्रदेश सरकारले महत्वपूर्ण साचो देखाउनु खुशिको कुरा भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले बताए । प्रतिष्ठान निर्माणको लागि करिब ३ अर्व लाग्ने अनुमान गरिएको छ । जहाँ फुटबल, भलिवल, क्रिकेट, मार्सलआर्ट, दौड, पौडी, ब्यडमिण्टन, टेनिस लगायत दुई दर्जनभन्दा धेरै खेलहरुको लागि पुर्वाधार निर्माण गर्न सकिने जनाईएको छ ।

२०७४ चैत ८ गते प्रकाशित

वि.सं.२०७४ चैत ८ बिहीवार २०:२२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...