काठमाडौं । मेगा बैंकले अनुपमा खुँजेलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । खुँजेलीले वाणिज्य बैंकहरुमा पहिलो महिला सीइओ बन्ने अवसर पाएकी हुन् । अहिलेसम्म वाणिज्य बैंकहरुमा महिला सीइओ थिएनन् ।
अनिल शाहको कार्यकाल सकिएपछि मेगाले यसअघि खुँजेलीलाई कामु सीइअको जिम्मेवारी दिएको थियो । बिहीबार बसेको सञ्चालक समिति बैठकले खुँजेलीलाई नै सीइओ बनाउने निर्णय गरेको हो । उनले ४ वर्षसम्म मेगामा सीइओको जिम्मेवारी निर्वाह गर्नेछिन् ।
२०७४ चैत ३० गते प्रकाशित
वि.सं.२०७४ चैत ३० शुक्रवार १३:०६ मा प्रकाशित