Logo

आगामी बजेट तथा कार्यक्रममा समेट्न माग गर्दै पर्यटन मन्त्रीलाई एमाले निकट पर्यटन व्यवसायीले बुझाए एक सय ६५ बुँदे सुझाव (पूर्ण पाठ)

काठमाडौं । नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलाई पर्यटन क्षेत्रमा गर्नै पर्ने कामलाई प्राथमिकिकरण गरी सुझाव पेश गरेको छ ।

आइतबार मन्त्रालयमा नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापा सहित संगठनका पदाधिकारीले मन्त्रीलाई भेटेर सुझाव पेश गरेका हुन् । आगामी बजेट र नीति तथा कार्यक्रममा समेट्न माग गर्दै २४ बुँदे सुझाव पत्र सहित सात प्रदेश र उपत्यका विशेष कमिटीको अधिवेशन भेलाले सार्वजनिक गरेको एक सय ४२ बुँदे घोषणा पत्र मन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

संगठनका इञ्चार्ज सूर्य थापा र अध्यक्ष मदनकुमार आचार्यद्वारा हस्ताक्षरित सुझाव पत्र ग्रहण गर्दै मन्त्री अधिकारीले आफ्नो लागि महत्वपूर्ण गाइडलाइन भएको प्रतिकृया दिनु भयो । उहाँले यसलाई सकेसम्म हुबहु लागु गर्न आफु प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

संगठनका अध्यक्ष आचार्यले सुझाव पत्र पढेर सुनाउनु भयो भने निःवर्तमान अध्यक्ष एवं नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागका सचिव चन्द्रप्रसाद रिजालले विभागको तर्फबाट मन्त्रीलाई बधाई एवं शुभकामना दिनु भयो ।

२ वैशाख २०७४

सुझाव पत्र

श्री माननीय मन्त्री रवीन्द्र अधिकारीज्यू,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरबार, काठमाडौं

विषय :– नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नको लागि सुझाव ।

माननीय मन्त्रीज्यू,
लामो समयदेखि राजनीतिक अस्थिरतामा गुज्रिएको देशमा हालसालै तिनै तहको निर्वाचन सम्पन्न भई सबल सरकार निर्माण भएको छ । यस अवस्थामा पर्यटनको माध्यमबाट ‘समृद्ध नेपालः सुखी नेपाली’ र ‘पर्यटनमा पूर्वधार : विकास, समृद्धि र रोजगार’ का घोषित लक्ष्यलाई योजनावद्ध रुपमा सफल पार्नु आवश्यक छ । तसर्थ : यस संगठनको २०७४ फागुन ११–१२ गते काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशन द्वारा पारित प्रस्तावहरुलाई मध्यनजर गरी नवगठित सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ निम्न सुझावहरु समेटेर कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौ :

१. दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन विश्वविद्यालयको स्थापना गरिनु पर्दछ । यसको लागि आवश्यक प्रक्रिया अविलम्ब अघि बढाउनु पर्दछ ।
२. पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिन पर्यटनमैत्री नीति निर्माण गरिनुपर्दछ । काठमाडौंको ठमेल, पोखराको लेकसाटड र चितवनको सौराहा र लुम्बिनीमा २४ घण्टा पर्यटकीय गतिविधि खुल्ला गरिनुपर्दछ । काठमाडौंलाई धुलो र प्रदूषणमुक्त बनाउन प्रभावकारी कदम चालिनुपर्दछ ।
३. दोस्रो अन्तराष्ट्रिय विमानस्थल (निजगढ)को निर्माण कार्य शीघ्र थालनीको व्यवस्था गर्नुपर्दछ । साथै, भैरहवा र पोखरामा निर्माणाधीन क्षेत्रीय विमानस्थलहरुको काम छिटोभन्दा छिटो पूरा गरेर भारत, चीनका विभिन्न शहरहरुबाट सिधै हवाई उडानको व्यवस्था मिलाउनु पर्दछ । हाल भारत भएर नेपाल प्रवेश गर्ने हवाईजहाजहरुको एक मात्रै प्रवेश मार्ग सिमरा रहेकाले आकाश मार्गका हिसाबले समेत Air Locked को अवस्थामा रहेको छ । यस अवस्थाको अन्त्य गर्न नेपालका भैरहवा, नेपालगन्ज र जनकपुरलाई हवाई प्रवेश मार्ग व्यवस्थित गर्नुपर्दछ ।
४. प्रमुख पर्यटकीय सिजनमा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं/लुक्ला/जोमसोम विमानस्थल अत्यन्त अव्यवस्थित र साँगुरोसमेत हुने भएकाले काउन्टर र विश्राम कक्षहरुको उचित व्यवस्थापन हुनुपर्दछ । माउन्टेन फ्लाइटलाई पोखरा, विराटनगरलगायत अन्य प्रादेशिक तहका विमानस्थलहरुबाट पनि संचालनको व्यवस्था गरिनु पर्दछ ।
५ं पदयात्रा तथा जलयात्रामा जाने विदेशी पर्यटकहरुलाई एकद्धार प्रणालीअनुसार आधिकारिक एजेन्सीमार्फत सहजरुपमा इजाजतपत्र वितरण गर्नुपर्दछ । पर्यटकहरु स्वयम्को सुरक्षालाई मध्यनजर गरी अनिवार्यरुपर्मा {No Trekking/Rafting without Agencies (Guide & Porter) को व्यवस्थालाई तत्काल र अनिवार्य रुपमा लागू गराउनु पर्दछ । पदयात्री तथा जलयात्रीहरुको अभिलेख आधुनिक सूचना प्रणालीअन्तर्गत राख्ने व्यवस्था गर्नुपर्दछ ।
६. आन्तरिक पर्यटकहरुको संख्या बृद्धि गर्नका लागि निजामती, जंगी, वित्तीय/बैकिङ र निजी क्षेत्रलाई अनिवार्यरुपमा निश्चित अवधि घुमफिर विदा (Leave Tourism Concession- LTC) को व्यवस्था लागु गर्नुपर्छ । आन्तरिक पर्यटनमा खर्च गर्ने रकममा व्यवसायीलाई निश्चित सीमा तोकी आयकर छुटको सुविधा प्रधान गर्नुपर्दछ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अध्ययन भ्रमणको लागि कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्दछ ।
७. काठमाडौंबाट विभिन्न पर्यटकीय गन्तव्यहरुका लागि संचालन हुने पर्यटकीय सवारी साधनहरुको लागि काठमाडौं, पोखरा, जनकपुर, लुम्बिनी, ठाकुरद्वारा र अन्य पर्यटकीय गन्तव्य स्थलहरुसम्म सुविधासम्पन्न र आधुनिक पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्दछ ।
८. गाउँ पर्यटन प्रबद्र्धन गर्न मुलुकमा विद्यमान विविधतापूर्ण संस्कृतिलाई मध्यनजर गरी घरबास (Homestay) को व्यापक विस्तार गर्नुपर्दछ । साथै, पदयात्रा मार्गमा क्षति पुगेका Lodge /Tea House को पुनःनिर्माणका लागि बिशेष आर्थिक अनुदानको व्यवस्था मिलाउनुपर्दछ । भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकलाई पर्यटकीय नमूना गाउँका रुपमा विकास गर्नुपर्दछ । विसं २०७२ को भूकम्पको अध्ययन, अनुसन्धान र स्मृतिका लागि उपयोगी हुने गरी बारपाकमा ‘भूकम्प स्मृति स्तम्भ र पार्क ’ निर्माण गर्नुपर्दछ । तानसेन–रानीमहल, तम्घास–रेसुङ्गा, फेदी–धम्पुस, बेसीशहर–घलेगाउँ, भिङगृ–स्वर्गद्धारी लगायतका सडकहरुलाई पर्यटकीय स्तरमा स्तरोन्नत र कालोपत्रे गरिनुपर्छ ।
९. हवाई उडानमार्फत देशभित्र आउने हरेक पर्यटकलाई राष्ट्रको नयाँ छवि प्रस्तुत गर्ने ढंगले काठमाडौंको तीनकुनेमा तिनैवटा कोणमा आकर्षक बुद्धमूर्ति सहितको आकर्षक पार्क, मेरो धरहरा म आफै बनाउँछु अभियान अन्तर्गत सुन्धारामा नयाँ धरहरा र नारायणहिटी दरबारभित्र ऐतिहासिक तथा साँस्कृतिक पर्यटकीय संग्राहलय निर्माण कार्य अबिलम्ब कार्यान्वयन गरिनुपर्छ ।
१०. कठीन पदयात्रा गन्तव्यहरुमा तत्काल विश्रामस्थल (Shelter), मौसम सूचना केन्द्र (Weather information centre), प्राथमिक उपचार केन्द्र तथा उद्दार केन्द्र (Primary Health Care Centre and Rescue Centre) हरुको स्थापना गरी पदयात्री नेपाली सहयोगीको सुरक्षाको प्रत्याभूति गर्नुपर्दछ ।
११ं. पदयात्रा मार्गमा रहेका अधिकतम लज/गेस्टहाउस तथा रेष्टुरेण्टहरु र स्थानीय यातायात कर प्रणालीभित्र आई नसकेको हुनाले खर्चको आधिकारिक बिल प्राप्त हुदंैन । तसर्थ : पदयात्रा संचालन गर्दा लाग्ने खर्चहरुलाई पनि आधिकारिक रुपमै खर्च लेखन गर्न पाउने गरी व्यवस्था मिलाउनु पर्दछ ।
.१२. वृतचित्र, कथानक चलचित्र र प्रबद्र्घनात्मक चलचित्रहरु छायाँकन गर्दा नेपाल सरकारका विभिन्न निकायहरुबाट अनुमति लिनुपर्ने तथा फरक–फरक सम्पर्क अधिकृत साथमा लैजानुपर्ने व्यवस्थालाई खारेज गरी एकद्धार प्रणालीअन्तर्गत सहज किसिमले अनुमति दिने व्यवस्था मिलाउनु पर्दछ ।
१३. नेपालका साहसिक पर्यटनहरुमध्ये जलयात्रा एक महत्वपूर्ण विधा हो । कर्णाली, भोटेकोशी, सुनकोशी र त्रिशुली नदीहरु जलयात्राका लागि अन्तर्राष्ट्रिय स्तरकै उत्कृष्ट नदी समूहमा पर्दछन् । यी नदीहरुलाई जलयात्राको लागि संरक्षित नदी घोषणा गरी अत्यावश्यक पूर्वाधार विकासको लागि बजेट विनियोजन गर्नुपर्दछ । जलयात्राको विकास, प्रचारप्रसार, प्रबद्र्धन र बजारीकरणका लागि बिशेष कार्यक्रम ल्याउनु पर्दछ ।
१४. नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता नगरी सामाजिक संजाल र वेवसाईट मार्फत विभिन्न नाममा कम्पनीहरुको प्रचार गरी वा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले FIT TIMS Card खरिद गरी पर्यटकीय गतिविधि गरिरहेकाले राज्यको आम्दानीमा समेत नकारात्मक असर परिरहेको छ । तसर्थः सबै किसिमका Illegal operation हरुलाई कडाइका साथ नियन्त्रण गरिनु पर्दछ । FIT TIMS Card को व्यवस्थालाई खारेज गरिनु पर्दछ । उद्धार, वीमा र आरोहणमा भइरहेको गैरकानुनी क्रियाकलाप रोकेर यस क्षेत्रलाई मर्यादित, विश्वसनीय र व्यवस्थीत गराउनुपर्छ । गैरकानुनी क्रियाकलाप गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्दछ ।
१५. नेपालको संविधानमा पर्यटन दस्तुरलाई संघीय सरकारको अधिकार सूची र पर्यटन शुल्कलाई प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखिएकाले पर्यटक तथा पर्यटन व्यवसायीहरु दोहोरो शुल्कको चपेटामा पारिने स्थिति रहेको छ । यसलाई एकतहमा मात्रै दस्तुर/शुल्क बुझाउने गरी स्पष्ट व्यवस्था गरिनु पर्दछ ।
१६. अधिकाँश ट्रेकिङ्ग, ट्राभल, ¥याफ्टिङ कम्पनी तथा होटलहरु काठमाडौं उपत्यकामा रहेकाले दतार्, नवीकरण र खारेजी लगायतका कामहरु उपत्यकामा समेत गर्ने गरी आवश्यक व्यवस्था गरिनु पर्दछ । MICE Tourism विकास गर्न सबै प्रदेशका केन्द्रहरुमा सुविधा सम्पन्न सभाहलहरुको निर्माण गरिनुपर्दछ ।
१७ं. मित्र राष्ट्रहरु भारत, चीन र अन्य देशका पर्यटकहरुलाई आकर्षक पर्यटकीय गन्तव्यमा आकर्षित गर्न विशेष प्याकेज (जस्तैः हनिमुन टुर, धार्मिक तीर्थयात्रा, सांस्कृतिक पर्यटनआदि) बनाई ठोस पहलकदमी अघि बढाउनुपर्दछ । नेपाल एयरलाइन्सले जहाज संख्या थप गरी भारत र चीनका प्रमुख शहरहरुबाट काठमाडौंसम्म सिधा उडान विस्तार गरेर सुलभ दरमा सेवा उपलब्ध गराउनु पर्दछ ।
१८. पर्यटन बोर्डको पुनःसंरचना गरी सातै प्रदेशमा विस्तार र व्यवस्थित गरिनु पर्दछ । नेपाल पर्यटन बोर्डलाई समन्वयकारी र अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धनको भूमिकामा केन्द्रीत गर्नुपर्छ । प्रादेशिक पर्यटन बोर्डले आ–आफ्नो प्रदेशमा पूर्वाधार निर्माण र आन्तरिक पर्यटन प्रर्वद्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रबन्ध गर्नुपर्दछ ।
१९. अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुल्ला गर्नुपर्दछ । अन्तराष्ट्रिय उडानका विमानहरुलाई उपलब्ध गराउने इन्धन र पार्किङ्ग शुल्क अत्यन्त महंगो भएकाले अन्तराष्ट्रिय बजारमुताविक समायोजन गरिनु पर्दछ । साथै, आन्तरिक उड्डयनमा विदेशी पर्यटन र आन्तरिक यात्रीहरुको विमान भाडालाई अन्तराष्ट्रिय (Universal) अभ्यासअनुरुप समान बनाउने व्यवस्था मिलाउनुपर्छ ।
२०. उपल्लो मुस्ताङ्ग र उपल्लो डोल्पा, ताप्लेजुङको ओलाङचुङगोला लेलेप, गोर्खाको मनास्लु, दोलखाको गौरीशंकर तथा लामाबगर, हुम्लाको सिमिकोट र यारी क्षेत्र, रसुवाको थुमन र टिमुरे, संखुवासभाको किमाथाङ्का क्षेत्र, मनाङको नार–फुजस्ता पदयात्राका लागि नियन्त्रित क्षेत्रहरुलाई अन्य क्षेत्रहरुसरह खुुल्लागरी सबै पदयात्रीहरुलाई सहज पदयात्राको व्यवस्था मिलाउनुपर्दछ । ६,५०० मिटर मुनिका हिमालहरुलाई ट्रेकिङ्ग पिकको मान्यता दिएर बिनाअनुमति आरोहण गर्न पाउने व्यवस्था मिलाउनु पर्दछ ।
२१. नेपाल वायुसेवा निगम र तारा गाउँ विकास समितिलाई समयसापेक्ष रुपमा पुनःसंरचना र व्यवस्थित गरिनुपर्दछ । उच्च हिमाली भेगमा विभिन्न साहसिक खेलहरुको विकास गर्न स्टेडियमहरु निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरु गराउनु पर्दछ । पर्वतारोहण प्रतिष्ठानलाई साहसिक खेलको प्रवद्र्धन तथा प्रसिद्ध पर्वतारोहीहरुको अनुभव आदानप्रदान गर्ने अनुसन्धान केन्द्रका रुपमा पुनःसंरचना र विकास गरिनु पर्दछ ।
२२. भारतीय पर्यटकलाई तिब्वत तथा कैलाश मानसरोवर जाँदा प्रवेशाज्ञा विगतमा काठमाडौंस्थित चिनियाँ दुतावासबाट दिने व्यवस्था रहेकोमा हाल भारतबाटै जारी गर्ने गरिएकोले पुन : काठमाडौंबाट नै जारी गर्ने व्यवस्था गर्नुपर्दछ ।
२३. पर्वतारोहण अनुमति लिँदा अनुमति शुल्क (सलामी दस्तुर) चीन (तिब्बत), पाकिस्तान, भारतलगायत अन्य देशहरुको तुलनामा नेपालको ज्यादै उच्च रहेकाले प्रतिस्पर्धी देश र बजारसँग समन्वय गरी समायोजन र समानजस्तै बनाउनु अत्यावश्यक छ । आरोहणको लागि दलैपिच्छे सम्पर्क अधिकृत पठाउने व्यवस्थामा संशोधन गरी आधार शिविरमा सुविधा सम्पन्न सरकारी सम्पर्क कार्यालय स्थापना गर्नुपर्दछ । नेपाली गाइड र सहयोगीहरुको बीमा महँगो र झन्झटिलो भएकाले सामूहिक बीमा (Bulk Insurance) को व्यवस्था लागु गर्नुपर्दछ । फोहरमैला व्यवस्थापन गर्न लिइने धरौटी (Garbage Deposite) लाई सलामी दस्तुरमै समायोजन गरी सहजीकरण गरिनु पर्दछ ।
२४. पर्यटन क्षेत्रसंग सम्बन्धित नीति निर्माण र निर्णय कार्यान्वनमा पार्टीको सम्बन्धित विभाग र यस संगठनले विगतमा सात वटै प्रदेश (उपत्यका विशेष) मा गरेका भेला र छलफलवाट पारित नीति र घोषणाको कार्यान्वयन गर्न विशेष जोड गर्दछौं ।
उल्लिखित २४ र प्रदेश तहका १४२ वटासहित निम्न १६५ वटा सुझाव र मागहरुसमेत कार्यान्वयन गर्न यसै सुझाव पत्रका साथ प्रस्तुत गरेका छौं ।

सूर्य थापा                                                                                                            मदनकुमार आचार्य
ईन्चार्ज                                                                                                                     अध्यक्ष
प्रमुख , पर्यटन प्रबद्र्धन विभाग                                                                              केन्द्रीय कार्य समिति
केन्द्रीय सदस्य, नेकपा (एमाले)                                                                नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन

प्रदेश नं. १
इटहरी घोषणापत्र

१. ‘समृद्ध नेपालको आधार ः पर्यटनमा पूर्वाधार’ भन्ने नारालाई सार्थक रूप दिनका लागि विराटनगरलगायत प्रादेशिक राजधानीमा एक÷एकवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोडदार माग गर्दछ ।
२. पर्यटक सवारीलाई बिनारोकटोक निर्वाध रूपमा सञ्चालनका लागि सार्वजनिक सवारीमा गरिएको सिन्डिकेट तत्काल हटाई स्तरीय पर्यटक सवारी सञ्चालन गर्न सक्ने गरी पर्यटनमैत्री सवारी नीति निर्माण गर्न जोडदार माग गर्दछ ।
३. प्रदेशस्तरीय पर्यटन कार्यालय तत्काल स्थापना गर्न जोेडदार माग गर्दछ ।
४. नेपाल पर्यटन बोर्डको केन्द्रीकृत संरचनालाई प्रदेशस्तरीय संरचनामा अविलम्ब पुनःसंरचना गरी कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
५. धार्मिक पर्यटकीय गन्तव्यहरू बराह क्षेत्र, पाथीभरा, हलेसी, अर्जुनधारा, विजयपुर, बूढासब्बालगायतलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न माग गर्दछ ।
६. ऐतिहासिक गन्तव्यहरू विराट राजाको दरबार, केचनाकवल, किच्चकबध, कन्काइमाई धामलाई पर्यटकीय गन्तव्य घोषाणा गरी आवश्यकीय पूर्वाधार विकास गर्न सम्बन्धित तहको ध्यानाकर्षण गर्दछं ।
७. प्राकृतिकरूपले अति नै महत्वपूर्ण गुराँसको राजधानीका रूपमा परिचित तीनजुरे मिल्के, जलजले (टीएएमजे) को संरक्षण संवद्र्धन गरी पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न विशेष जोड दिन चाहन्छ ।
८. विश्वको सर्वोच्च शिखर सगरमाथा र नेपालको सबभन्दा होचो भाग केचनाकवललाई विशेष प्राथमिकतामा राखी पर्यटकीय संरचना र पूर्वाधार विकास गर्न अत्यावश्यक गुरुयोजना निर्माण तथा यथेष्ट बजेट विनियोजन गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसमक्ष जोडदार माग गर्दछ ।
९. पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि आवश्यकीय मानव संशाधनको विकास गर्न अन्तर्राष्ट्रिय स्तरको पर्यटन विश्वविद्यालय स्थापना गर्न माग गर्दछ ।
१०. पर्यटकीय नयाँ गन्तव्य विकासका लागि पहुँच मार्गको विकास र विस्तारका सार्थक तुल्याउन यहाँ बन्ने पर्यटकीय संरचनाहरू ः होटल, रिसोर्ट र ट्राभल एजेन्सी स्थापना तथा सञ्चालनका लागि प्रोत्साहित गर्ने हेतुले बैंकबाट सुलभ व्याजमा कर्जा र निश्चित अवधिका लागि कर छुटको व्यवस्था गर्न माग गर्दछ ।
११. झापाको सुखानी, इलामको देउमाई, धनकुटाको छिन्ताङलगातका सहिद भूमिहरूको पर्यटकीय विकास र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था गर्न सम्बन्धित सबै निकायको ध्यानाकर्षण गर्दछ ।
१२. जननेता मदन भण्डारीको जन्मस्थल ढुंगेसाँघुलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा उहाँ जन्मेको घरलाई सुरक्षित गरी उहाँको पुख्र्यौली र पारिवारिक जानकारी दिने संग्रहालय स्थापना र व्यवस्थापन गर्न माग गर्दछ । साथै, हिले–धनकुटा–वसन्तपुर–गुफापोखरी –साँघु र ढुंगेसाँघु जोड्ने मदन भण्डारी मार्गको निर्माण कार्य शीघ्र सम्पन्न गरी पर्यटकीय विकासलाई टेवा पु¥याउन जोडदार माग गर्दछ ।
१३. यहाँ अवस्थित विश्वको सर्वोच्च शिखरको नामबाट प्रदेश नं. १ को सगरमाथा राख्न प्रदेशसभासमक्ष विशेष माग गर्दछ ।
१४. प्रदेशस्तरीय भेलामा प्रमुख आतिथ्यता प्रदान गर्नुभएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संगठनका इन्चार्ज सूर्य थापालगायत नेता गण र अन्य सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछ ।

प्रदेश नं. २
हरिऔन घोषणापत्र

१ पर्यटन विकासको पर्याप्त सम्भावना हुँदाहँुदै राज्य एवं निजी क्षेत्रले खासै ध्यान नदिएकाले प्रदेश नं. २ को पर्यटन विकास, प्रवद्र्धन र बजारीकरण अत्यन्त पछाडि परेको छ । यसमा देशका प्रमुख राजनीतिक दलहरू र अन्य निकायको गम्भीर ध्यानाकर्षण गर्दछ ।
२ पर्यटकीय क्षेत्रको विकासलाई अग्रगति दिन सुझबुझपूर्ण राजनीतिक नेतृत्वको खाँचो देखिएकाले अहिलेको राष्ट्रिय राजनीतिलाई जनस्तरसम्म लोकप्रिय ढंगले नेतृत्व गरिरहेको नेकपा (एमाले)ले स्थानीय तहदेखि नै आफ्ना कमिटीहरूलाई पर्यटनमैत्री बनाउन अनुरोध गर्दछ । साथै, अन्य राजनीतिक दलहरूलाई यसमा विशेष संवेदनशील बन्न ध्यानाकर्षण गर्दछ ।
३ प्रदेश नं. २ का पर्यटकीय स्थलहरूको पहिचान गरी लोकप्रिय गन्तव्यका रूपमा विकास गर्न विशेष माग गर्दछ । खासगरी बृहत्तर जनकपुर विकास परिषद्, विदेह मिथिला, सिम्रौनगढ र सलहेसलगायत विभिन्न पर्यटन विकास समितिलाई आर्थिक, प्राविधिक जनशक्ति र पर्याप्त बजेट विनियोजन गरी सुदृढ र व्यवस्थित गर्न आग्रह गर्दछ ।
४ धनुषाधाम, जानकी मन्दिर एवं मिथिला परिक्रमा मार्गको समग्र पर्यटन विकास गुरुयोजना निर्माण गर्न जोदार माग गर्दछ । साथै, प्रदेश नं. २ का समग्र धार्मिक एवं पर्यटकीय स्थलहरूकेन्द्रित योजना निर्माण र कार्यान्वयन गर्न जोड दिन चाहन्छ । जनकपुरस्थित विवाह पञ्चमी महोत्सवको व्यावसायिक पर्यटन प्रवद्र्धनसँग जोडेर प्रचारप्रसार गर्न र देशविदेशबाट विशेष आयोजनाका साथ यस पावन विवाहमण्डपमा वैवाहिक समारोह व्यावसायिक रुपमा आयोजना गर्न सम्भव हुने गरी पूर्वाधार विकास र बजारीकरणको आवश्यक प्रबन्ध मिलाउन ध्यानाकर्षण गर्दछ ।
५ प्रदेश नं. २ मा रहेका ऐतिहासिक, धार्मिक मठमन्दिर, ताल तलैया र अन्य प्राचीन सम्पदा मूर्तिया, सिम्रौनगढ, नाडीवन लगायतको सूचीकरण गरी योजनाबद्ध प्रचारप्रसार, विकास र प्रवद्र्धन गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्दछ ।
६ सर्लाही जिल्लाको परवानीपुर–१ (बाहुनडाँडा) मा प्रदेशस्तरीय भ्यु प्वाइन्ट निर्माण कार्य अविलम्ब अघि बढाउन माग गर्दछ ।
७ एक पर्यटनस्थलबाट अर्कोसम्म जाने बाटो, आवासको सुविधा र अन्य आवश्यक पूर्वाधार व्यवस्थित गर्ने हिसाबले पर्यटकीय तथा धार्मिक पदमार्गहरूको विकास गर्न माग गर्दछ । साथै, अरू प्रदेशहरूसँग निकटका उत्तरी चुरे, महाभारत र पहाडी क्षेत्रका धार्मिक र पर्यटकीय स्थलसँग जोड्ने पदमार्ग र अत्यावश्यक सञ्जाल व्यवस्थित गर्न माग गर्दछ ।
८ कोसी टप्पु वन्यजन्तु आरक्ष एवं कोसी व्यारेजदेखि भैंसालोटन गण्डक व्यारेजसम्मको क्षेत्रलाई पर्यटन विकाससँग जोड्ने पूर्वाधार निर्माण तथा जलयात्रा लगायतको विकास र प्रवद्र्धन गर्न माग गर्दछ ।
९ पर्सा वन्यजन्तु आरक्षभित्र हात्ती सफारीका साथै आवश्यक स्थानहरूमा पर्यटन आवास गृह निर्माण गर्न सरकारी निकाय तथा व्यावसायिक होटल, रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रको ध्यानाकर्षण गर्दछ ।
१० प्रदेश नं. २ का सम्पूर्ण धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई विभिन्न प्रदेशका पर्यटन स्थलहरूसँगको सञ्जालमा आबद्ध गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न माग गर्दछ ।
११ प्रदेश नं. २ र सिंगो राष्ट्रको विकास र समृद्धिमा ठोस टेवा पु¥याउने सामथ्र्य राख्न सक्ने गरी निजगढमा प्रस्तावित र निर्माण प्रक्रिया अघि बढिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र तराई–मधेस–काठमाडौं द्रुतमार्ग छिटोभन्दा छिटो निर्माण गर्न जोडदार माग गर्दछ ।
१२ पर्यटन उद्योगमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्याकेजमा अनुदान प्रदान गर्न तथा उपयुक्त स्थानमा सार्वजनिक उद्यान, चिडियाखाना र संग्रहालयहरूको निर्माण गर्न माग गर्दछ ।
१३ राजविराजस्थित गजेन्द्रनारायण सिंह विमानस्थलको स्तरोन्नति गरी यथाशीघ्र नियमित उडान सञ्चालन गर्न माग गर्दछ ।
१४ धार्मिक स्थलहरूमा चढाउने भेटीलगायतका आर्थिक कारोबारहरूको पारदर्शिता सुनिश्चित गर्न र सम्बन्धित मठमन्दिरको भौतिक र सांस्कृतिक विकासमा सदुपयोग गर्न बैंकिङ प्रणाली अवलम्बन गर्न ध्यानाकर्षण गर्दछ ।
१५ पूर्व–पश्चिम राजमार्गबाट आठवटै जिल्लाका सदरमुकामहरू जोड्ने चारलेन मार्ग अविलम्ब निर्माण र स्तरोन्नति गर्न माग गर्दछ । जिल्ला सदरमुकामहरूको भौतिक पूर्वाधार विकासमा विनियोजित ५० करोड बजेटमार्फत व्यवस्थित र आधुनिक भौतिक पूर्वाधारको विकास प्रक्रिया थालनी गर्न विशेष माग गर्दछ ।
१६ यस प्रदेशमा विद्यमान सामाजिक अपराधहरू (दहेज, छुवाछुत, बोक्सी, बालविवाह र महिला हिंसा) को अन्त्यका लागि राज्य र जनस्तरबाट ठोस कानुनी र व्यावहारिक पहलका लागि ध्यानाकर्षण गर्दछ ।
१७ यस प्रदेशका प्रत्येक जिल्लामा कम्युनिटी लज, होमस्टे, रिसोर्ट र कम्तीमा दुई वटा सुविधायुक्त पाँचतारे तथा डिलक्स होटल निर्माण र सञ्चालनमा राज्य, निजी क्षेत्र र सामुदायिक तहबाट समेत विशेष ध्यानाकर्षण गर्दछ ।
१८ शान्तिसुरक्षाको उचित प्रबन्ध मिलाई जनजीवनलाई भयरहित बनाउन तथा आन्तरिक र बाह्य पर्यटकहरू ढुक्कसँग सबै गन्तव्यसम्म पुग्ने स्थिति निर्माण गर्न ध्यानकेन्द्रित गरियोस् भन्ने माग गर्दछ ।
१९ छिमेकी राष्ट्रबाट पर्यटकहरूलाई प्रदेश नं. २ तथा यससँग जोडिएका गन्तव्यहरूसम्म विशेष आकर्षित गर्ने गरी प्याकेज निर्माण र सञ्चालन गर्न सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गर्दछ ।
२० प्रदेश नं. २ को नाम मिथिला प्रदेश राख्न प्रदेशसभासमक्ष अनुरोध गर्दछ ।
२१ ‘एक स्थानीय तह : एक पर्यटकीय गन्तव्य’को विकास र बजारीकरण गर्न आवश्यक योजना तर्जुमा गरी स्थानीय तह, प्रदेश र केन्द्र सरकारले आवश्यक बजेटको बन्दोबस्त गर्न तथा पर्यटन विकासमा एकीकृत रूपमा (निजी, सरकारी तथा सामुदायिक) साझेदारी गर्न आग्रह गर्दछ ।
२२. प्रदेशस्तरीय पर्यटन व्यवसायी भेलामा प्रमुख आतिथ्यता प्रदान गर्नुहुने पार्टी स्थायी समिति सदस्य तथा प्रदेश नं. १ का संयोजक सत्यनारायण मण्डल, आतिथ्यताका लागि प्रदेश सहसंयोजक नागेन्द्र चौधरी र संगठनका इन्चार्ज सूर्य थापालगायतका विभिन्न सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछ ।

प्रदेश नं. ३
भृकुटीमण्डप घोषणापत्र

१. पर्यटनमैत्री नीति तर्जुमा र यसको कार्यान्वयन गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग जोडदार माग गर्दछ ।
२. पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित ‘समृद्ध नेपाल : सुखी नेपाली’को आधारशिला पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा घोषणा गर्न माग गर्दछ ।
३. समृद्ध नेपालको आधार : पर्यटनमा पूर्वाधार भन्ने मान्यतालाई कार्यान्वयन गर्न प्रादेशिक संरचनाअनुसार आकर्षक पर्यटन पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दछ ।
४. पर्यटन विश्व विद्यालयको स्थापना गरी दक्ष र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने व्यवस्था मिलाउन तथा धार्मिक, सांस्कृतिक र पर्वतीय पर्यटनलाई व्यवस्थित गर्ने नीति निर्माण र कार्यान्वयनमा अग्रसर हुन सरकारसमक्ष आग्रह गर्दछ ।
५. पर्यटकीय गन्तव्यहरूमा स्तरीय पर्यटक सवारीसाधन बिनारोकतोक सञ्चालन गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछ ।
६. काठमाडौं देशको राजधानी र पर्यटकहरूको पहिलो अनिवार्य गन्तव्य रहेकाले यहाँ व्यवस्थित पर्यटक बसपार्क यथाशीघ्र निर्माण गरी सञ्चालन गर्न माग गर्दछ ।
७. गौरीशंकर, शैलुङ, गणेश हिमाल र लाङटाङ पर्यटन प्रवद्र्धन विकास समिति अविलम्ब गठन गरेर पर्यटन विकास, प्रवद्र्धन र बजारीकरण गर्न अग्रसर हुन सरकारको ध्यानाकर्षण गर्दछ ।
८. पुष्पलालको जन्मभूमि रामेछापको भँगेरी, बीपी कोइरालाको जन्मभूमि सिन्धुलीको दुम्जालगायत पिस्कर भिमानजस्ता ऐतिहासिक संघर्षका अविस्मरणीय क्षेत्रहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकारसमक्ष अनुरोध गर्दछ ।
९. सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, खाँडादेवी, पाँचपोखरी, जट्टापोखरी हुँदै बाम्तीभण्डार शिवालयलगायतका ऐतिहासिक पर्यटकीय गन्तव्यहरूको विकास गरी तत्तत् क्षेत्रमा पूर्वाधार निर्माण गर्ने कार्य अविलम्ब गर्न माग गर्दछ । साथै, तामाकोसीलाई ¥याफ्टिङ र अग्लेश्वर शैलुङलाई हाइकिङको गन्तव्य घोषणा गरेर प्रवद्र्धन गर्न माग गर्दछ ।
१०. काठमाडौंदेखि चितवनसम्म जाने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ खण्ड सडक निर्माणमा भएको ढिलासुस्ती र यसले त्यस क्षेत्रको आवागमनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी यथाशीघ्र समयावधिमा नै बाटो निर्माण र विस्तारको काम सम्पन्न गर्न जोडदार माग गर्दछ ।
११. प्रदेश नं. ३ को नाम गौरीशंकर÷वाग्मती राख्न प्रदेशसभासमक्ष अनुरोध गर्दछ ।
१२. नुवाकोट तारुकामा ऐतिहासिककालदेखि सञ्चालित गोरु जुधाई ९द्ययय िँष्तष्लन० लाई व्यवस्थित र प्रबद्र्धन गर्न अत्यावश्यक पूर्वाधार निर्माण एवम् बजारीकरणमा अग्रसर हुन सम्बन्धित सरोकारवाला निकाय र नेपाल सरकारसमक्ष अनुरोध गर्दछ ।
१३. हालै मात्र पर्यटकीय गन्तव्य चितवनको सौराहालगायत अन्य तराई क्षेत्रहरूमा आएको बाढीले धनजनको ठूलो क्षति पु¥याएको र थुप्रै संरचनाहरू क्षतिग्रस्त बनाएको हुनाले पुनर्निर्माण र क्षतिपूर्तिका लागि सहुलियत ऋण र निश्चित अवधिका लागि कर छुटको व्यवस्था गर्न विशेष माग गर्दछ ।
१४. प्रदेशस्तरीय पर्यटन व्यवसायी भेलामा प्रमुख आतिथ्यता प्रदान गर्नुहुने पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथि यस संगठनका इन्चार्ज सूर्य थापालगायत यसको सफल आयोजनाका निम्ति भूमिका खेल्नुहुने सबैमा हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछ ।

उपत्यका विशेष प्रदेश
ठमेल घोषणापत्र

(१) उपत्यका विशेष प्रदेश समिति गठनका लागि २०७३ साल फागुन १० गते आयोजित यस भेलामा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओली, विशेष अतिथिहरू स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटव्युरो सदस्य सानुकुमार श्रेष्ठ र केन्द्रीय सदस्य तथा पर्यटन ईन्चार्ज सूर्य थापासहित उपत्यकाका तीनैवटा जिल्लाका अध्यक्षलगायत उपस्थित सम्पूर्ण पर्यटन व्यवसायीहरू र भेला सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई विशेष धन्यवाद प्रदान गर्दछ ।
(२) २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक र विश्व सम्पदाहरूको यथाशीघ्र पुनर्निर्माणका लागि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।
(३) उपत्यकामा अव्यवस्थित तरिकाबाट भइरहेको विकास निर्माणका कारण उत्पन्न व्यापक धुलो, धुवाँ र प्रदूषणले पर्यटकहरू तथा आमनगरवासीको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । साथै, काठमाडौं उपत्यका एक प्रदूषित सहरका रूपमा प्रचारप्रसार भइरहेकाले पर्यटक आगमन र व्यवसाय सञ्चालनमा नै नकारात्मक प्रभाव परेको देखिन्छ । तसर्थ, वैकल्पिक उपायहरू अवलम्बन गरी प्रदूषणरहित ढंगले निर्माणको काम गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।
(४) तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले घोषणा गरेको ‘मेरो धरहरा म आफैं बनाउँछु’ भन्ने अभियानअन्तर्गत अत्याधुनिक र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्ने गरी धरहरा पुनर्निर्माणको काम छिटोभन्दा छिटो सम्पन्न गर्न जोडदार माग गर्दछ ।
(५) पर्यटनसँग सम्बधित ऐननियम र नियमावलीमा समयसापेक्ष परिमार्जन गरी पर्यटन विकासका लागि उपयुक्त वातावरण सुतिश्चित गर्न विशेष माग गर्दछ ।
(६) उपत्यकाभित्र लोपोन्मुख सांस्कृतिक पर्व, जात्रा, भेला, मेला आदिको अध्ययन–अनुसन्धान गरी पर्यटकीय उत्पादन ९त्यगचष्कm एचयमगअत० मा रूपान्तरण गर्ने गरी आवश्यक प्रसारप्रचार तथा बजारीकरण गर्न सम्बन्धित निकायहरूसँग जोडदार माग गर्दछ ।
(७) उपत्यकासँग जोडिएको एक मात्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीहरूलाई आयआर्जनमूलक तालिम प्रदान गर्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछ ।
(८) काठमाडौं उपत्यकाको सभ्यताको प्रतीकका रूपमा रहेको वागमती, विष्णुमती र अरू सहायक नदीनालाहरूको सरसफाइ तथा संरक्षण गरी नदी किनारमा हरियालीयुक्त सौन्दर्य विकास गर्न माग गर्दछ ।
(९) पर्यटन व्यवसायलाई व्यवस्थित गर्न विभिन्न प्रकारका भ्रमण÷तालीमहरूको प्रबन्ध गर्न सम्बन्धित निकायहरूसमक्ष माग गर्दछ ।
(१०) नेपालको पर्यटनलाई आर्थिक समृद्धिका आधारका रूपमा विकास गर्न आवश्यक पर्यटकीय जनशक्ति उत्पादन गर्न पर्यटन विश्वविद्यालय स्थापना गर्न सरकारसमक्ष जोडदार माग गर्दछ ।
(११) सहरी यातायातलाई व्यवस्थित गर्न ट्राम र विद्युतीय रेल (Tourism Product) को पूर्वाधार व्यवस्थित गर्न तथा सहरी यातायातको चापलाई कम गराउन बाहिरी चक्रपथको निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।
(१२) पर्यटनको महत्वपूर्ण विधाका रूपमा विकास भइरहेको खेल पर्यटन प्रवद्र्धन र विकास गर्न उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्न जोडदार माग गर्दछ । साथै, मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको निर्माण कार्य अविलम्ब सम्पन्न गर्न ध्यानाकर्षण गर्दछ ।
(१३) लिच्छवीकालीन वैभवहरू तथा उत्तरी छिमेकी चीनसँगको ऐतिहासिक सम्बन्ध जोडिएका धरोहरहरूमध्ये विशालनगरमा मानगृह र हाँडीगाउँमा स्वर्णकालीन कैलाशकूट दरबारको नयाँ निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न सरकारसमक्ष विशेष प्रस्ताव गर्दछ ।
(१४) नारायणहिटी संग्रहालयमा विद्यमान सुरक्षा निकाय तथा अन्य संरचनालाई अन्यत्र व्यवस्थित गरी अन्डरग्राउन्ड व्यवस्थित पार्किङको निर्माण तथा माथिल्लो भागमा नेमुनि/मञ्जुश्रीदेखि शाह वंशका अन्तिम राजासम्मका शासन व्यवस्था र राजाहरूको इतिहास झल्किने गरी पर्यटकीय संग्रहालयको निर्माण र सञ्चालन गर्न नेपाल सरकारसमक्ष माग गर्दछ ।
(१५) काठमाडौं उपत्यकामा रहेका पर्यटकीय गन्तव्यहरू नगरकोट, धुलिखेल, लेले, चन्द्रगिरि, नागार्जुन, जहरसिंह पौवा, शिवपुरी डाडागाउँ, जामाचो, चम्पादेवी आदि जोड्ने गरी पर्यटकीय पदमार्ग निर्माण र व्यवस्थित गर्न स्थानीय र प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछ ।
(१६) ऐतिहासिक धरोहरहरू तथा विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूलाई जोड्ने गरी साइकल र पदयात्रा मार्गको विकास गरेर पर्यटकहरूलाई आकर्षित गर्न सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गर्दछ ।
(१७) उपत्यकामा रहेका सार्वजनिक उद्यान तथा वनजंगलहरूको वातावरणीय अवस्थितिलाई असर नपुग्ने गरी निजी क्षेत्रलाई पर्यटकीय व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने सकारात्मक नीतिनिर्माण गर्न विशेष ध्यानाकर्षण गर्दछ ।
(१८) काठमाडौंको तीनकुनेस्थित जग्गाको सदुपयोग गरी नेपाल आउने हरेक पर्यटकको निम्ति मनमोहक र रमणीय संरचना निर्माणकार्य अविलम्ब थालनी गर्न माग गर्दछ । तीनवटै मोहडामा आकर्षक बुद्ध प्रतिमासहितको सुव्यवस्थित र आधुनिक पार्क निर्माण गर्दा यसले सिंगो राजधानीको भिन्न छवि प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रदेश नं. ४
पोखरा घोषणापत्र

२०७३ साल जेठ १ गते सम्पन्न बृहत् पर्यटन व्यवसायी भेलाको मर्म र भावनाअनुरूप प्रदेश नं. ४ को पर्यटन विकास, प्रवद्र्धन र बजारीकरण तथा आर्थिक समृद्धिको घोषित लक्ष्य हासिल गर्ने उद्देश्यका साथ निम्नबमोजिम पोखरा घोषणापत्र जारी गरिएको छ :
१. प्रदेश नं. ४ को पर्यटकीय पहिचानलाई महत्व दिई यस प्रदेशको नाम पर्यटकीय छवि प्रस्तुत गर्ने हिसाबले अन्नपूर्ण, माछापुच्छ्रे, गोरखा वा धेरैको बोलीमा लोकप्रिय गण्डक प्रदेश नामकरण गर्न विशेष माग गर्दछौं ।
२. पोखरालगायत विशेष पर्यटकीय क्षेत्रहरूलाई स्पेसल टुरिज्म जोन घोषणा गरी विद्युत्, खानेपानी र सञ्चार प्रविधिको सहज व्यवस्था गर्न माग गर्दछौं ।
३. पर्यटन क्षेत्र र गन्तव्यहरूमा शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं ।
४. पर्यटन क्षेत्रलाई बन्दहडतालमुक्त बनाउन सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दछौं ।
५. मुख्य पर्यटकीय क्षेत्रलाई ध्वनि प्रदूषण निषेधित क्षेत्र बनाउन जोडदार माग गर्दछौं ।
६. अन्नपूर्ण पदमार्ग लगायतका क्षेत्रमा शुल्क घटाई अन्य क्षेत्र लाङटाङ, एभरेस्ट क्षेत्रमा जस्तै समान शुल्क कायम गरी सहज पर्यटक आवतजावतको स्थिति बनाउन जोडदार माग गर्दछौं ।
७. अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका पदयात्रा मार्गहरूमा मोटरबाटो पुगेर ट्रेकिङ रुट विस्थापित भइरहेको अवस्थालाई मध्यनजर गरी वैकल्पिक पदयात्रा मार्ग निर्माणका लागि सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराउँदछौं ।
८. अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को प्रवेश अनुमति शुल्क तथा टिम्सलगायत यस क्षेत्रमा पर्यटनबाट उठ्ने शुल्कको ठूलो हिस्सा यहाँकै पर्यटन क्षेत्रको विकासमा खर्च गर्न जोडदार माग गर्दछौं ।
९. यस प्रदेशका ११ वटै जिल्लामा एक गाउँ÷नगर ः कम्तीमा एक पर्यटकीय गन्तव्यको पूर्वाधार विकास गरेर अघि बढ्न सबै स्थानीय तहको नेतृत्वसँग विशेष आग्रह गर्दछौं ।
१०. यस क्षेत्रमा पर्ने ताल, ऐतिहासिक दरबार र मठमन्दिरलगायत राष्ट्रिय सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न केन्द्र, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायहरूसमक्ष जोडदार माग गर्दछौं ।
११. पर्यटकको प्रत्यक्ष पहुँच नभएका ठाउँमा पर्यटन पूर्वाधार विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्न सिंगो पंक्तिलाई आह्वान गर्दछौं ।
१२. यस प्रदेशको केन्द्र पोखराबाट सबै प्रदेशलाई जोड्ने गरी पर्यटक यातायात विस्तार तथा लुम्बिनी र काठमाडौं जोड्न अत्याधुनिक रेलमार्ग बढी उपलब्धिमूलक हुने हुँदा यसतर्फ चासो दिई अघि बढ्न सरकार र सम्बद्ध निकायहरूसमक्ष जोडदार माग गर्दछौं ।
१३. पोखराबाट भैरहवा, भरतपुर, नेपालगन्ज, विराटनगर, मनाङ र मुस्ताङलगायतका क्षेत्रमा हवाई उडान सञ्चालन गर्न सरकारी तथा निजी क्षेत्रका वायु सेवा सञ्चालकहरूसँग अनुरोध गर्दछौं ।
१४. यस प्रदेशले पर्यटनको ठूलो सम्भावना बोकेकाले चिनियाँ र भारतीय नाकालाई व्यवस्थित गरी कोरलादेखि सुस्तासम्म सुविधायुक्त सडक सञ्जाल व्यवस्थित गर्न माग गर्दछौं ।
१५. पर्यटनका लागि पूर्वाधार महत्वपूर्ण हुने भएकाले सडकको स्तरोन्नति तथा पर्यटक बसपार्क व्यवस्थित गर्न माग गर्दछौं ।
१६. पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निर्धारित समयमै पूरा गर्ने गरी छिटोछिटो कार्यम्ंपादन गर्न माग गर्दछौ ।
१७. प्रदेश नं. ४ को केन्द्र पोखरा तोकेर बृहत्तर पोखराको अवधारणाअनुरूप आसपासका बेगनास, रूपा, पन्चासे, सिक्लेस, पर्वतको चित्रेलगायतका ठाउँहरूमा पक्की सडक बनाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न स्थानीय तथा प्रदेश सरकारसँग जोडदार माग गर्दछौं ।
१८. यस क्षेत्रका विगतमा ख्याति कमाएका रोयल ट्रेक (बेलायती राजकुमार प्रिन्स चाल्र्स ट्रेक) कास्की, तनहुँ, स्याङ्जा जोड्ने मिलेनियम ट्रेक, धौलागिरि राउन्ड ट्रेकजस्ता महत्वपूर्ण पदयात्रा मार्गलाई ‘रिभाइब’ र ‘प्रमोट’ गर्न पर्यटन बोर्डलगायत व्यवसायी र सरकारसँग माग गर्दछौं ।
१९. आधुनिकीकरण र सुविधाको उपयोगितालाई मध्यनजर गर्दै हेलिकोप्टरको प्रयोग गरी लामो वा छोटो दूरीका स्थलहरू पन्चासे, पुनहिल, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ«्रे बेसक्याम्प, मनास्लु बेसक्याम्प, मनाङ, मुक्तिनाथ, गोरखा दरबारलगायतका क्षेत्रहरूलाई प्रवद्र्धन गर्न एयरलाइन्स कम्पनीहरूसँग समन्वय गरी तत्काल हेलिकोप्टर सेवा सञ्चालन गर्न माग गर्दछौं ।
२०. प्रसिद्ध धार्मिक स्थल मनकामना, गलेश्वर र मुक्तिनाथ मन्दिरलगायतका महत्वपूर्ण धार्मिक क्षेत्रहरूमा पर्यटकको सहज पहुँच बनाउन जरुरी पूर्वाधार विकास गर्न माग गर्दछौं ।
२१. लमजुङको क्होला सोंथरमा अवस्थित घलेगाउँ, स्याङ्जामा अवस्थित नेपालकै पहिलो सिरुबारी होमस्टे र नवलपुर जिल्लामा अवस्थित अमलटारीलाई यस प्रदेशकै उत्कृष्ट होमस्टेका रूपमा विकास र प्रवद्र्धन गर्न तथा अमलटारी क्षेत्रलाई उत्कृष्ट वाइल्ड लाइफ रिजर्भ डेस्टिनेसनका रूपमा विकास गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारहरूसमक्ष ठोस योजना र प्राथमिकताका साथ अग्रसर हुन माग गर्दछौं ।
२२. पोखराको केन्द्रमा रहेको फेवाताललगायतका अन्य तालहरू मानवीय तथा प्राकृतिक अतिक्रमणको चपेटामा परेकाले यस्ता तालहरूको संरक्षण गर्न माग गर्दै जलकुम्भी हटाउन आधुनिक मेसिनको व्यवस्था गर्न र संरक्षण तथा प्रबद्र्धनमा अन्तर्राष्ट्रिय उपाय अवलम्बन गर्न स्थानीय र प्रदेश सरकारसँग विशेष माग गर्दछौं ।
२३. स्याङ्जाको साल्मेडाँडामा निर्माणधीन गोरखा स्मारक शीघ्र निर्माण पूरा गरी विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आग्रह गर्दछौं । साथै, ढोरपाटनलाई देशकै विशेष शिकार आरक्षका रूपमा विकास र प्रवद्र्धन गर्न माग गर्दछौं ।
२४. स्याङ्जाको वालिङस्थित शिरकोटमा सञ्चालित प्याराग्लाइडिङ तालिम केन्द्रको सुरक्षित सञ्चालनको प्रत्याभूति गरेर त्यसलाई राष्ट्रिय एकेडेमीका रूपमा विकास गर्न ध्यानाकर्षण गर्दछौं ।
२५. कालीगण्डकी, मादी नदी, अपर सेती, लोअर सेती र मस्र्याङदीलगायतका नदी तथा तालहरूमा व्यावसायिक ¥याफ्टिङ सञ्चालन र प्रवद्र्धनमा विशेष सहयोग र अगुवाइ गर्न सम्बद्ध सबै निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छौं । कास्की, म्याग्दी, मनाङ र मुस्ताङलगायतका विभिन्न स्थानमा अवस्थित तातोपानीहरूको बहुआयामिक र पर्यटकीय उपयोग एवं प्रवद्र्धन हेतुले पूर्वाधार विकास र बजारीकरण गर्न जोड दिन चाहन्छौं ।
२६. प्रदेशस्तरीय पर्यटन व्यवसायीहरुको बृहत् भेला आयोजना गर्न सहयोग पु¥याउने सबै क्षेत्र, व्यक्ति र तप्का तथा प्रमुख आतिथ्यता प्रदान गर्नुहुने पार्टी सचिव तथा पूर्व पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङ, विशेष आतिथ्यताका लागि संगठनका इन्चार्ज सूर्य थापा र विकास समितिका सभापति रवीन्द्र अधिकारीलगायत सम्पूर्ण अतिथि र सहभागीहरुमा हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछौं ।

प्रदेश नं. ५
लुम्बिनी घोषणापत्र

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नं. ५ को २०७३ वैशाख ५ गते भैरहवामा सम्पन्न प्रदेशस्तरीय बृहत भेला, र पहिलो बैठक, २०७३ असार ११ गते गुल्मीको रेसुंगामा सम्पन्न दोस्रो बैठकका निर्णय तथा आशय र मर्मलाई समेत आत्मसात् गर्दै २०७४ माघ २९ गते नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाको प्रमुख आतिथ्यता, संगठनका प्रदेश नं. ५ ईन्चार्ज तथा नाट्टका केन्द्रीय अध्यक्ष सीएन पाण्डेको विशेष आतिथ्यता र प्रदेश नं. ५ का अध्यक्ष कृष्णसागर अधिकारीको अध्यक्षतामा लुम्बिनीस्थित शाक्य गेस्ट हाउसमा सम्पन्न तेस्रो बैठकले यो लुम्बिनी घोषणापत्र जारी गरेको छ :
१. बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वलाई ध्यानमा राखी प्रदेशसभाबाट यस प्रदेशको नामकरण गर्दा लुम्बिनी प्रदेश राख्न नवनिर्वाचित प्रदेशसभासमक्ष जोडदार माग गर्दछौं ।
२. तीनवटै बुुद्धका पवित्र जन्मस्थल (गौतम बुद्धको लुम्बिनी, कनकमुनि बुद्धको निग्लिहवा र क्रकुछन्द बुद्धको गोटीहवा) लाई अन्तर्राष्ट्रिय बौद्ध परिपथमा समेटी लुम्बिनीबाट बुद्ध परिपथ यात्रा थालनीका लागि व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं । र, सबै टुर अपरेटरहरूको विशेष ध्यानाकर्षण गराउँछौं ।
३. लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलगायतका यस क्षेत्रका बौद्ध स्थलहरूलाई आन्तरिक बुद्ध परिपथले जोड्ने योजना कागजमा मात्रै सीमित रहेकाले त्यसको छिटो कार्यान्वयन गर्न माग गर्दछांैं ।
४. लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरी कोरियन प्रोफेसर क्वाक यांगुनले तयार पारेको लुम्बिनी विश्वशान्ति सहरको योजना तथा लुम्बिनी स्मार्ट सिटी निर्माणको कामलाई तीव्रता दिन विशेष आग्रह गर्दछौं ।
५. प्रदेश नं. ५ का महत्वपूर्ण पर्यटकीय स्थलहरू रूपन्देहीको लुम्बिनी, देवदह नवलपरासीको रामग्राम, पाल्पाको तानसेन, गुल्मीको रिडी–रेसुंगा, अर्घाखाँचीको सुपा देउराली र नरसिंहस्थान, प्युठानको गौमुखी, स्वर्गद्वारी र ऐरावती, रोल्पाको रुम्टीगढी–जलजला, रुकुमको ढोरपाटन, बाँकेको बागेश्वरी र बर्दिया राष्ट्रिय निकुञ्जलाई व्यवस्थित सडक सञ्जालहरूमा जोड्ने गरी पूर्वाधार निर्माणमा ध्यान दिन स्थानीय, प्रदेश तथा संघीय सरकारहरूसमक्ष आग्रह गर्दछौं ।
६. तिलौराकोट, रामग्राम, रुरु–रेसुंगा र स्वर्गद्वारी क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं ।
७. जितगढी, मणिमुकुन्द सेन दरबार, नुवाकोट गढी, तानसेन, रैनादेवी, पाल्पा भैरवस्थान, रानीघाट, रुरु–रुद्रवेणी, रेसुंगा, छत्रकोट, मथुराबेंसी, अर्घाकोट, कंकेदेउराली, विचित्रगुफा, इस्माकोट, भित्रीकोट, जलजला, चतुर्भुज, रुम्टीगढी, सुनछहारी, थबाङ, रुकुमकोटलगायतका स्थानहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटन विकास र प्रवद्र्धनमा जोड दिन स्थानीय तथा प्रदेश सरकारहरूसमक्ष माग गर्दछौं ।
८. बौद्ध तथा हिन्दू आस्थाका केन्द्रहरू लुम्बिनी–स्वर्गद्वारी–मुक्तिनाथलाई कल्चरल ट्रेंगलका रूपमा विकास र बजारीकरण गरी परिपथ र प्याकेजहरू सञ्चालन गर्न ध्यानाकर्षण गर्दछौं ।
९. पर्यटकीय आवासका होटल, होमस्टे, सडक तथा हवाई यातायातलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधारहरू निर्माण गर्न माग गर्दछौं ।
१०. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति बढाउन, समयमा काम सम्पन्न गर्न तथा नेपालगन्जको राँझा विमानस्थललाई स्तरोन्नति गर्न र दाङको टरीगाउँ विमानस्थलमा नियमित उडान सञ्चालन गर्न जोडदार माग गर्दछौं ।
११. गुल्मीको सिमीचौर, प्युठानको स्वर्गद्वारी–चाल्नेटार, अर्घाखाँचीको अर्घा र बर्दियाको शिवपुर फाँटमा निर्माणधीन नयाँ विमानस्थलहरू निर्माणको कामलाई तीव्रता दिएर छिटो सम्पन्न गर्न माग गर्दछौं ।
१२. बेलहियामा रहेको पर्यटक सूचना केन्द्र तथा अध्यागमन कार्यालयलाई व्यवस्थित गर्न तथा सबै सीमा नाकाहरूमा सूचना केन्द्रहरूको स्थापना गरी पर्यटक आवागमनलाई नियमित र सहज बनाउन नेपाल पर्यटन बोर्डसमक्ष जोडदार माग गर्दछौं ।
१३. बेलहिया प्रवेशद्वारलाई व्यवस्थित र सौन्दर्यकरण गर्न तथा स्थानीय डण्डा खोलामा बोटिङ सञ्चालनको व्यवस्था गर्न माग गर्दछौं ।
१४. बाँके र वर्दिया राष्ट्रिय निकुञ्जको संरक्षणलाई अझ प्रभावकारी बनाउँदै दुवै स्थानहरू केन्द्रित पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं ।
१५. प्यूठानको मच्छी, ढाँड, दहियाल्ना, झाँक्रीढुंगा, नांगी, गौमुखी, अग्लुङ, खुङ, नारीकोट, बाँदीकोट, ओखरकोट, ढाँड÷मच्छी÷चौघेरा– धरमपानी–स्वर्गद्वारी÷ भिंगृ–स्वर्गद्वारी पदयात्रा मार्गहरूको निर्माण अविलम्ब गरी पर्यटन प्रवद्र्धन गर्न विशेष माग गर्दछौं ।
१६. लुम्बिनी–सालझन्डी–ढोरपाटन सडक छिटो सम्पन्न गर्न तथा पर्यटकीय अत्यावश्यक पूर्वाधार निर्माण गर्न माग गर्दछौं ।
१७. बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण छिटो सम्पन्न गर्न सम्बन्धित पक्षको विशेष ध्यानाकर्षण गराउँछौं ।
१८. रोल्पाको थवाङसम्म पुग्ने पदमार्ग निर्माण गरी रोल्पाका महत्वपूर्ण सम्पदाहरूको संरक्षणमा जोड दिन तथा थवाङलाई ऐतिहासिक ‘संघर्षग्राम’का रूपमा विकास गर्न माग गर्दछौं ।
१९. पर्यटकीय पथप्रदर्शक (टुर गाइड) लगायतका पर्यटन क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसमक्ष माग गर्दछौं ।
२०. त्रिवेणी, सुस्ता–लुम्बिनी–तिलौराकोट–देवदह–पाल्पा–रिडी–रेसुंगा–स्वर्गद्वारी–बाँके र ठाकुरद्वारा, बर्दियालाई समेत समेटी प्रदेशस्तरीय टुर प्याकेज निर्माण र प्रवद्र्धन गर्न माग गर्दछौं ।
२१. प्रदेशअन्तर्गत रहेका सबै स्थानीय तह (गाउँ, नगर) मा कम्तीमा एक÷एक वटा नमुना उद्यान वा बगैंचा, पुस्तकालय, संग्राहलय, पोखरी र पिकनिक स्थलसमेत निर्माण गरी आन्तरिक पर्यटीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न ध्यानाकर्षण गर्दछौं ।
२२. प्रदेशस्तरीय पर्यटन व्यवसायी भेला र बैठकमा आतिथ्यता प्रदान गर्नुहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संगठनका इन्चार्ज सूर्य थापासहित सम्पूर्ण अतिथिगण र अन्य सहयोग पु¥याउने सबै महानुभावहरुप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछौं ।

प्रदेश नं. ६
सुर्खेत घोषणापत्र

(१) नेपालको सबैभन्दा ठूलो राराताल, सवैभन्दा गहिरो फोक्सुन्डो ताल, कुभिन्डे दह र सुर्खेतको बुलबुले ताललाई पर्यटकीय स्थल र गन्तव्यका रूपमा विकास गर्न सडक विस्तार÷कालोपत्रे, पुल निर्माण, सुविधायुक्त आवास गृह, होटल, होमस्टेका लागि आवश्यक पूर्वाधारका साथै पदयात्रा मार्गको विकास गर्न माग गर्दछ । साथै, रारातालमा व्यापक रूपमा आन्तरिक पर्यटकहरूको चाप सुरु भएको हुनाले तत्काल तालको वरिपरि साइकल ट्रेलको निर्माण, मर्माटपमा होटल, रिर्सोट आदि पूर्वाधार व्यवस्थित गर्न र वातावरणमैत्री पर्यटन प्रबद्र्धन गर्नसमेत माग गर्दछ ।
(२) प्रदेश नं. ६ को प्रादेशिक केन्द्र सुर्खेतमा प्रदेश स्तरको एयरपोर्ट यथाशीघ्र निर्माण गर्न र पहाडी जिल्लामा सञ्चालित एयरपोर्टहरूको स्तरीकरण र उडान नियमित तथा व्यवस्थित गर्न जोडदार माग गर्दछ ।
(३) डोल्पा पदयात्राका लागि तल्लो क्षेत्रलाई अन्य साधारण पदयात्रा क्षेत्रसरह अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन र उपल्लो क्षेत्रका लागि न्यूनतम शुल्क लिई सहज अनुमति दिन नेपाल सरकारसमक्ष माग गर्दछ
(४) काठमाडौं र पोखराबाट कर्णाली प्रदेशमा आन्तरिक हवाई उडानको नियमित व्यवस्था गर्न माग गर्दछ । सुर्खेतमा मदनचौर, दैलेखमा दुल्लु, कालीकोटमा कोटवाडा, डोल्पामा जुफाल र पहाडा, हुम्लामा सिमिकोट र श्रीनगर, रुकुममा सल्ले र चौरजहारी तथा मुगुमा ताल्चा विमानस्थलको अविलम्व निर्माण, स्तरोन्नति र नियमित एवं व्यावसायिक उडान सञ्चालनको व्यवस्था मिलाउन माग गर्दछ ।
(५) यस प्रदेशमा रहेका हिमाल, नदीनाला, झरना, बहुुमूल्य जडीबुटी, लोपोन्मुख जाति/जनजाति र जनावर, चराचुरुंगीको पहिचान गरी पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन, संरक्षण तथा संबद्र्धन गरी पर्यटकीय विकास गर्न माग गर्दछ ।
(६) सुर्खेतमा देउतीबज्यै र काँक्रे बिहार, दैलेखमा पञ्चकोशी क्षेत्र, जुम्लामा प्रसिद्ध चन्दननाथ मन्दिर, सिंजा क्षेत्र र पाण्डुगुफा, मुगुमा रारा र छायाँनाथ क्षेत्र आदि धार्मिक पर्यटकीय क्षेत्रलाई मानसरोवर यात्रासँग जोडेर प्रवद्र्धन गर्न सरोकारवाला र सम्बद्ध सबैसमक्ष माग गर्दछ ।
(७) रूपैडिया, सुर्खेत, जुम्ला, गमगढी, नाक्चे लाग्न र तिब्बत जोड्ने त्रिदेशीय सडक प्राथमिकताका साथ छिटोभन्दा छिटो निर्माण गरी आवगमन र पर्यटन विकासको विराट सम्भावनाअनुरूप अघि बढ्न सरकारको जोडदार ध्यानाकर्षण गर्दछ । जुम्ला खलंगाबाट थारमारे चौथा भुलभुले रारा सडक, जुम्ला खलंगाबाट चौरीकोट से–फोक्सुन्डो डोल्पा, मुगुबाट चखेली हुँदै हुम्ला र जाजरकोटबाट रिम्ना तल्लुबगर हुँदै डोल्पा जाने सडक शीघ्र निर्माण गरी पर्यटन विकास र प्रबद्र्धनको आधार तयार गर्न सरकारसँग जोडदार माग गर्दछ ।
(८) पर्यावरणलाई ध्यानमा राखी विकास निर्माणको व्यवस्थापन गर्नुका साथै पर्यटन पबद्र्र्धनका लागि उपयुक्त स्थानहरूको छनोट गरी लगानी गर्ने ठोस वातावरण सिर्जना गर्ने योजनाका साथ क्रियाशील हुन सबैमा हार्दिक आह्वान गर्दछ ।
(९) प्रदेश नं. ६ को नामकरण कर्णाली प्रदेश र केन्द्र सुर्खेत राख्न प्रदेशसभासमक्ष माग गर्दछ ।
(१०) सुर्खेतमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र स्थापना गर्न माग गर्दछ ।
(११) प्रदेशस्तरीय पर्यटन व्यवसायी भेला आयोजना गर्न सहयोग पु¥याउने सबै तह र तप्का तथा प्रमुख आतिथ्यता प्रदान गर्नुहुने उपाध्यक्ष युवराज ज्ञवाली, विशेष आतिथ्यताको लागि पूर्व पर्यटन मन्त्री यामलाल कँडेल र संगठनका इन्चार्ज सूर्य थापासहित आमन्त्रित अतिथि एवम् उपस्थित सबै जनप्रतिनिधिहरुप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछ ।

प्रदेश नं. ७
धनगढी घोषणापत्र

(१) प्रदेश नं. ७ मा नेपाल पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन कार्यालयसमेत नरहेकाल अविलम्व स्थापना गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।
(२) शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज घोषणा गरी पर्यटकीय विकास र प्रवद्र्धन गर्न सम्बद्ध निकायसँग माग गर्दछ ।
(३) सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा पर्यटन व्यवसायलाई व्यवस्थित गर्न बाटो, बिजुली, रिसोर्टलगायतका आवश्यक पूर्वाधार व्यवस्थित गर्न तथा सुरक्षा प्रबन्धसमेत मिलाई प्रवद्र्धन गर्न सरकारसमक्ष विशेष माग गर्दछ ।
(४) यस प्रदेशमा पर्ने अपि साइपाललगायतका हिमालहरूको विस्तृत अध्ययन गरी पर्वतारोहण र पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न सरकार र सम्बन्धित निकायहरूसँग माग गर्दछ ।
(५) यस प्रदेशका धार्मिक पर्यटकीय स्थलहरूको विकास र प्रवद्र्धन गर्नुका साथै साहसिक खेल पर्यटनको विकास गर्न, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ र साहसिक जलयात्राको विकासका लागि ठोस अध्ययन र कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सम्बद्ध निकायहरूसँग माग गर्दछ ।
(६) प्रदेश नं. ७ विभिन्न जाति÷जनजाति र संस्कृतिहरूको संगम भएकाले यहाँको सांस्कृतिक विविधतालाई संरक्षण र संवद्र्धन गरी पर्यटन प्रवद्र्धन गर्न सरकारसँग माग गर्दछ ।
(७) निर्माणाधीन अवस्थामा रहेको सेती लोकमार्ग भारतीय धार्मिक पर्यटकहरूका लागि मानसरोवरसम्म पुग्ने उपयुक्त मार्ग हुन सक्ने भएकाले यस मार्गको यथाशीघ्र निर्माण सम्पन्न गरी बझाङ ताक्लाकोट मानसरोवर पदमार्ग निर्माण र प्रवद्र्धन गर्न सरकार र पदयात्रा व्यवसायीहरूसँग विशेष अनुरोध गर्दछ ।
(८) प्रदेश नं. ७ मा हाल सञ्चालनमा रहेको एक मात्र धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक विमानस्थल बनाई हाल बन्दप्रायः अवस्थामा रहेका कञ्चनपुर, टीकापुर, साँफेबगर, चैनपुर, कोल्टी, बैतडी, दार्चुला र दिपायलका विमानस्थलहरू यथाशीघ्र सञ्चालन गर्न सरकारसँग माग गर्दछ ।
(९) गोदावरी–अत्तरिया, उग्रतारा, त्रिपुरासुन्दरी, सुरमादेवी, बडीकेदार, शैलेश्वरी, वैजनाथ, बडीमालिका, रारा, बागेश्वरी–नेपालगन्जलाई धार्मिक पर्यटकीय शृङ्खलामा आबद्ध गरी प्रवद्र्धन गर्न माग गदछ ।
(१०) पर्यटकीय विशेषता झल्किने गरी प्रदेश नं. ७ को नाम खप्तड÷सुदूरपश्चिम राख्न प्रदेशसभासमक्ष अनुरोध गर्दछ ।
(११) देशकै ठूलो र योजनाबद्ध रूपमा विकास गरिएको टीकापुर पार्कको पर्यटकीय प्रवद्र्धन र बजारीकरणको विशेष व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछ ।
(१२) समग्र पर्यटकीय विकासका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक पहलकदमी लिन सरकारसँग माग गर्दछ ।
(१३) डडेल्धुराको अमरगढी र भारत उत्तराखण्डको खलंगा (नालापानी) किल्लालाई जोडेर नेपाल–भारतका पर्यटन व्यवसायीहरुको संयुक्त प्रयास तथा दुबै देशका सरकारहरुको समझदारी र सहयोगमा ‘स्वतन्त्रता, स्वाधीनता र वीरता प्याकेज’ सञ्चालन र प्रबद्र्धन गर्न आग्रह गर्दछ । साथै खप्तड, गोदावरी, हरिद्वार र हृषिकेशलाई जोडेर धार्मिक पर्यटन प्याकेज प्रबद्र्धन गर्न माग गर्दछौं ।
(१४) प्रदेश स्तरीय पर्यटन व्यवसायी भेलामा प्रमुख आतिथ्यता प्रदान गर्नुहुने प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष भीम रावल, विशेष आतिथ्यताको लागि प्रदेश सहसंयोजक कर्णबहादुर थापा र संगठनका इन्चार्ज सूर्य थापालगायत सम्पूर्ण अतिथिहरु र भेला सफल पार्न महत्वपूर्ण योगदान पु¥याउनुहुने सबै सबैमा हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछ ।
बोधार्थः
१. श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. १, विराटनगर ।
२. श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. २, जनकपुर ।
३. श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. ३, हेटौंडा ।
४ श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. ४, पोखरा ।
५. श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. ५, बुटवल ।
६. श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. ६, सुर्खेत ।
७. श्री माननीय मुख्यमन्त्रीज्यू/ प्रदेश पर्यटन मन्त्रीज्यू– प्रदेश नं. ७, धनगढी ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com