back
NMB ad

के हो पिनास, कसरी गर्ने उपचार ?

Kumari bank ad

पिनासलाई रोग भनिन्छ तर पिनास रोग नभएर एक प्रकारको सङ्क्रमण हो । नाकको पछाडि छेउ–छेउमा गालाको हड्डी हुन्छ, त्यसलाई साइनस भनिन्छ । रुघा लागेपछि त्यहाँ इन्फेक्सन हुन्छ । जस्तैः नाकको प्वालसँग हड्डीको साइड–साइडमा रहेका विभिन्न हावा भरिने कोष÷थैलीहरू हुन्छन् । रुघाखोकी लागिरह्यो भने नाकमा भएको इन्फेक्सन साना–साना प्वालबाट साइनसमा जान्छ । रुघा लागेको अवस्थालाई राइनान्जिस भनिन्छ । रुघाले हड्डीका खाली ठाउँका थैलाहरू (साइनस)मा पिप जमेर बस्छ । त्यो अवस्था नै पिनास हो ।
पिनासका कारणहरू :
१. एलर्जी
२. नाकमा मासु पलाउनु
३.नाकको हड्डी बाङ्गिनु
४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण
५.माथिल्लो श्वासमार्गको सङ्क्रमण
६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।
७ ब्याक्टेरियाः स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार हृयालिस स्टाफाइलो कोकस अरिएस ।
८ ढुसीको सङ्क्रमणः कमजोर प्रतिरक्षा प्रणाली, जस्तैः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।
९. रसायनहरूको गन्धः तिक्ष्ण रासायनहरूको गन्धले पिनास ग्रन्थीको शोथ गराउँछ ।

पिनासका लक्षणहरू :

१. रुघा लाग्नु
२. टाउको भारी भएर दुख्नु
३. पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु
४. स्वर परिवर्तित हुनु
५. नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु
६. दाँत दुख्नु
७.गन्धग्रहण शक्ति कमजोर हुने
८. स्वाद ग्रहण शक्ति कमजोर हुने
९. ज्वरो आउने
१०.बेचैनी बढ्नु
११. नाक बुझिनु
१२. नाकबाट सिंगान बग्नु
१३. घाँटी खसखसाउनु
१४. थकित हुनु
१५. श्वास गन्हाउने
१७. हाच्छ्यु आउने
१८.अनुहार सुन्निने

रोकथाम र बच्ने उपाय :

पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरू अनेक हुन सक्छन् । जस्तै :

१. माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुवा धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ ।

२. ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहुनपर्छ ।
३. परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई उलर्जी हुनसक्छ ।

४. दुषित वायुमा जस्तै धुवा धुलो धुम्रपान, आद्र वायुबाट बच्नुपर्छ ।

५.घरमा हावा गुम्सिन नदिऔँ । भरको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ ।

६. जाडोको मौसममा कम तापमान, र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बचौँ । यसैगरी अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ ।

७. तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणादी कमजोर हुनगइ पिनास हुनसक्छ ।

८. रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौं ।

९. तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ ।

१०. मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ ।

११. नाक, कान घाटी र दाँतको संक्रमणले भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलेकाहि यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुनसक्छ ।

१२. जाडोमा निधारसम्म ढाकिने टोपी  क्याप लगाउने गरौँ ।

१४. दैनिक ३-४ लिटर पानी पिउने गरौँ ।
१५. नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ ।

१६. नाकको सफाईमा विशेष ध्यान दिऔँ ।

उपचार

पिनासको उपचार गर्नुभन्दा पहिलो हामीले पिनास हुनको कारण पत्ता लगाउनुपर्ने हुन्छ । यसका साथसार्थ पिनासको प्रकार पिनास बढाउने र घटाउने तत्वहरूपनि थाहा पाउनुपर्ने हुन्छ । कारणको यकिन निक्र्यौल गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।

प्राकृतिक उपचार

१. जलनेती गर्नेः प्रचिनकालदेखिनै ऋषिमुनीहरूले नाकको सफाई गर्नको लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्दतिले पिनास नियन्त्रण गर्छ ।

२. सूत्रनेतिः रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरि पुरै श्वासमार्गलाई नै सफाई गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नु पर्छ ।

३. अनुहारको वाफ लिनेः उम्लिाएको पानीमा नाक खुलाउने दबाई हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पुरै टाउको र वाफको भाडोसहित ढाकेर नाकबाट वाफ लिनेगर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली प्रदाह कमा गर्न मद्दत गर्दछ । नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ ।

४. कुन्जल क्रियाः उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८ देखि १० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुन्छ नै । साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।

५. टाउकाको मालिसः तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुर्‍याउँदछ ।

६. मसलाहरूको सेवनः तिक्ष्ण स्वाद भएका मसलाहरूजस्तै तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार, आदि हालिएको सब्जी खादा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तिक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ ।

७. अकुप्रेसरः अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर विन्दुहरूमाथि वा हतेकला वा पैतालाका विन्दुह दवाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

८. भुइकटहरको गुवो वा अंगुरको बिचको प्रयोगः भुकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाईन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा ध्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।

९. गाईको घिउः सुत्नुभन्दा पहिले २-३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।

१०.प्रशस्त पानी पिउनेः पिनास भएकाहरूले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुमा कोल्डड्रिङ्क्स, पेप्सी, जुस, चिनी हालिएका पेप सुप आदि पिउनुहुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनौट गर्नुपर्छ ।

११.नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्गीएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।
पिनासको उपचार

पिनास मुख्यतः एलर्जी, तनाव, कमजोर प्रतिरक्षा प्रणाली र संक्रमण संग सम्बनिधत रोग हो । पिनासको लागि खानपान व्यवस्थापन गर्दा मुख्यतः यिनै कारणहरूलाई आधार मानेर गर्नुपर्ने हुनेछ ।

के के खाने

१. मसलाहरूको सेवनः पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तैः लसुन, प्याज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसा, ज्वानो, सौफ, अदुवा, हिङ ।

२. अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका गर्दछ ।

३. खजुर, किसमिस, स्याउ, गैरअम्लिय ताजा फलफूल खाने गरौँ ।

४. तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरूको पहरेज गर्नुपर्छ ।

५. तातो पानीको सेवन, प्रशस्त झोल पदाथको सेवन

६. तातो पानी र बेसार

के के नखाने

तारे भुटेको, संरक्षित खाद्यान्न, कोल्ड ड्रिङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थ ।

२०७५ बैशाख ८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ८ शनिवार १३:२९ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट   

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट   

वि.सं.२०८० चैत ६ मंगलवार १४:४६

काठमाडौँ, ६ चैतः अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ...

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग   

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग   

वि.सं.२०८० चैत ६ मंगलवार १४:४०

काठमाडौँ, ६ चैतः उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी...

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ, कसले के सोधे ?  (पूर्णपाठ)   

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ, कसले के सोधे ? (पूर्णपाठ)   

वि.सं.२०८० चैत ६ मंगलवार १४:३६

काठमाडौँ, ६ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल...

कृषि विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त

कृषि विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । कृषि विकास बैंकले लेखापरिक्षक नियुक्त गरेको छ ।...

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

वि.सं.२०८० चैत ६ मंगलवार १४:१०

फिक्कल (इलाम), ६ चैत : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा...

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...