back
NMB ad

थाहा पाउनुहोस्, हृदयाघातका लक्षण र बच्ने उपाय

Kumari bank ad

हृदयाघात मानिसलाई लाग्ने मुटुसम्बन्धी रोगमध्ये सबैभन्दा खतरनाक हो । कुनै पनि समयमा यो रोगले आक्रमण गर्न सक्ने हुनाले सम्भावित व्यक्ति या आफन्तले विशेष सजगता अपनाउनु आवश्यक हुन्छ । विश्वमा हुने मानव मृत्युमध्ये २५ देखि ३५ प्रतिशतको कारण हृदयाघात रहेको पाइन्छ । यो रोगका लक्षण र यसबाट बच्न अपनाउन सकिने उपाय निम्न छन्

लक्षण

छातीको बीच भागमा धेरै पीडा हुनु हृदयाघातको प्रमुख लक्षण हो । यस्तो पीडा सहन नसकिने गरी पनि हुन्छ । यो पीडा बायाँ पाखुरा, चिउँडो, घाँटीतर्फ बिस्तारै सर्दै जान्छ । छातीको पीडासँगसँगै वाकवाकी लाग्ने र उल्टी पनि हुने हुन्छ । त्यस्तै, चक्कर लाग्ने तथा धेरै पसिना पनि आउन सक्छ । यही कारणले श्वासप्रश्वासमा गाह्रो हुनुका साथै दम पनि बढ्छ ।

बच्ने उपाय

यो रोग अव्यवस्थित जीवनशैलीका कारण धेरैलाई लाग्ने गर्छ । त्यसैले हृदयाघातबाट बच्ने सहज उपाय भनको जीवनशैली स्वस्थ बनाउनु हो । नुन, चिल्लो र कोलेस्ट्रोल कम भएको हरियो सागपात, गेडागुडी र फलफूल बढी भएको आहार सेवन गर्नुपर्छ । नियमित व्यायाम, धूम्रपान त्याग, शारीरिक तौल नियन्त्रण आवश्यक हुन्छ । त्यस्तै, उच्च रक्तचाप कोलेस्ट्रोल र मधुमेह नियन्त्रण, मानसिक तनाव मुक्ति आदि स्वस्थ जीवनशैली पद्धतिबाट धेरै हदसम्म हृदयाघातको रोकथाम गर्न सकिन्छ ।

हृदयाघात ज्यानमारा रोग हो । छाती दुख्न सुरु भएको समयलाई हृदयाघातको सुरु भनी मान्नुपर्छ । समयमै उपचार भए मुटुलाई जोगाउन पनि सकिन्छ, तर ढिला भइसकेपछि केही गर्न सकिँदैन । मुटुको मांसपेशी अक्सिजन र ग्लुकोजविना पनि केही समय बाँच्न सक्छ ।

छाती दुख्न सुरु भएको एक घन्टाभित्र रगतको थेग्रो जमी बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा अन्य उपाय एन्जियोप्लास्टीबाट खोल्न सकियो भने मुटुलाई पूर्ण रूपमा जोगाउन सकिन्छ । छाती दुखेको ६ घन्टा नाघिसकेपछि जति ढिलो हुन्छ, त्यति नै मुटु क्षतिग्रस्त हुन्छ ।

एकपल्ट मुटुको मांसपेशी मरिसकेपछि त्यसलाई फर्काउन सकिँदैन । मुटु सदाका लागि कमजोर हुन्छ र हार्टफेल हुन्छ । एकपल्ट हृदयाघात भएको मान्छेले जीवनभरि औषधि सेवन गर्नुपर्छ । हृदयाघात जीवनभरि दोहोरिन सक्छ । त्यसैले हृदयाघातबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्छ ।

नयाँ पत्रिका
२०७५ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २६ बुधवार १६:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...