Logo

सिद्धार्थ इन्सुरेन्सको ३५ प्रतिशत हकप्रदमा मूल्य समायोजन पछि कतिमा खुल्यो कारोबार ?

काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको ३५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ तोकिएको छ । मंगलबार सिद्धार्थको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको हो । औसत आधार मूल्य भने १०२३.८० रुपैयाँ छ । सिद्धार्थले १० बराबर ३.५ को अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

यसका लागि कम्पनीले मंगलबार बुक क्लोज गरेको हो । हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्सुरेन्सले १८ करोड ४ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको सिद्धार्थ इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ १६ पैसा छ ।

२०७५ जेठ १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com