back
NMB ad

बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई मेगा बैंकको आकर्षण र स्वर्णिम बचत खाता योजना

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरुको चाहना बमोजिम नवीनतम सुविधाहरु प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको हो ।

बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु छन् । न्यूनतम ५ हजार रुपैँयामै खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ । मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैँयासम्मको निःशुल्क स्वास्थ्य बिमा, सामान खरिदका लागि पाँच लाख रुपैँयासम्मको इएमआई सेवा दिइने मेगा बैंकले जनाएको छ ।

बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरुको सुविधा लिन विशेष छुट उपलब्ध गराइने भएको छ । यस योजना अन्तरगत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरुलाई प्रोफेसनल लोन समेत प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । दैनिक ८ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपैँयामै खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैँया बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकहरुले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

२०७५ जेठ २५ गते प्रकाशित

वि.सं.२०७५ जेठ २५ शुक्रवार ०८:१३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...