काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन व्यापारी व्यवसायीका समस्याहरु समाधान गर्न अबको सरकार तयार रहेको बताउनु भएको छ ।
नेपाल राष्ट्रिय बाणिज्य संघले काठमाण्डौंमा आयोजना गरेको विस्तारित बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पुर्व अर्थमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव पौडेलले सो कुरा बताउनु भएको हो ।
बिभिन्न २६ बुँदे मागहरु राखेर संघद्वारा पेश गरीएको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो “नितिगत र प्रसाशनिक झन्झटहरुलाई फुकाउँदै व्यवहारीक पक्षलाई आत्मसाथ गरी देशको बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात जन्य बस्तुहरुको उत्पादनमा जोड दिँदै अब हाम्रो पार्टी उत्पादन र उत्पादकत्व बढाउने, रोजगारीको अवसरहरुको सृजनागर्ने र आत्मनिर्भर अर्थतन्त्रको यात्रामा अघि बढ्नेछ, त्यसकारण दलालपँुजीलाई निरुत्साहित गरिनेछ ।” त्यसैले व्यापारी व्यवसायीहरुको हकहितको निम्ति कृयाशिल नेपाल राष्ट्रिय बाणिज्य संघ सरकारको सहयोगी अंगको रुपमा आफ्नो भुमिका बदल्दै व्यवसायीक क्षेत्रका सबै नीति निमार्णका लागि महत्वपुर्ण सल्लाहकारको रुपमा आफुले पाएको महासचिव पौडेलले बताउनु भयो ।
संघका अध्यक्ष मोतिराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र गौतम र स्वागतमन्तव्य बरिष्ठ उपाध्यक्षअर्जुन गौतमले गर्नुभएको थियो ।
२०७५ जेठ २९ गते प्रकाशित
वि.सं.२०७५ जेठ २९ मंगलवार ०८:४० मा प्रकाशित