back
NMB ad

प्रदेश तीनको योजना आयोग उपाध्यक्षमा खिमलाल देवकोटा नियुक्त

Kumari bank ad

प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश जारी गरी उपाध्यक्षमा डा. खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेत नियुक्त भएका छन् ।

विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । बस्नेत प्राकृतिक स्रोतसम्बन्धी विज्ञ हुन् ।

संघीयता विज्ञ डा देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका छन । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका डा देवकोटा प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकार भई कार्य गरिसकेका छन । वित्तीय संघीयता तथा स्थानीय स्वशासनका क्षेत्रमा डा देवकोटाका सयौं आलेख तथा अन्तर्वाताहरु छन । विश्व वैक, यूएनडिपी, डिफआइडी, जिआईजेट, एसडिसी लगायतका दार्तृसंस्थाहरुमा समेत डा देवकोटाले संघीयता लगायतका विषयमा परामर्शदाताका रुपमा कार्य गरिसकेका छन ।

काठमाडौ विश्वविद्यालयमा समेत प्राध्यापन गरेका देवकोटा संघीयता र विकास लगायतका विषयमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुलाई वेला वेलामा प्रशिक्षण समेत दिने गरेका छन । तत्तकालिन संसदको विकास समिति र अर्थ समितिको आमन्त्रित विज्ञ सल्लाहकार समेत रहेका देवकोटा संघीयता र स्थानीय स्वाशासन विषयमा देशका दुर दराजमा समेत पुगि प्रशिक्षण समेत दिने गरेका छन ।

२०७५ जेठ २९ गते प्रकाशित

वि.सं.२०७५ जेठ २९ मंगलवार १७:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...