back
NMB ad

आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक : मुख्य मन्त्री गुरुङ

Kumari bank ad

नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि चौतर्फी विकास आवश्यक भएको बताउनुभएको छ ।

मंगलबार पूर्वी नवलपरासीको कावासोतीमा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको उद्घाटनपछि उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक समृद्धिमार्फत मुलुक समुन्नतीको बाटोमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले गरिबी अन्त्य गर्दै मुलुकलाई शान्त, समुन्नत र सम्बद्ध बनाउनतर्फ प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा, सांस्कृतिक, पर्यटकीय एंव धार्मिकस्थल रहेको स्मरण गर्दै अतिथी सम्मानमा आफ्नो प्रदेश सबैभन्दा अगाडि रहेको दाबी गर्नुभयो ।

देशमै सबैभन्दा पहिला होमस्टेको शुरुवात गण्डकी प्रदेशकै लमजुङको घलेगाँउबाट शुरु भएको भन्दै मुख्यमन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका अन्य जिल्लामा पनि होमस्टे शुरुवात गरेपछि पर्यटकको आकर्षण बढेको दाबी गर्नुभयो । उहाँले नवलपुरको कावासोतीमा रहेको अमलटारी होमस्टेको पूर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने वचनसमेत दिनुभयो ।

२०७५ साउन ९ गते प्रकाशित

वि.सं.२०७५ साउन ९ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...