back
NMB ad

गरिमा अटो लोन १०.५०%मा १२ वर्षका लागि

Kumari bank ad

काठमाडौं । नाडा अटो सो २०१८ को सन्दर्भमा नेपालका लागि टोयोटा व्राण्डको सवारी साधनहरुको आधिकारिक अधिकृत विक्रेता यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि र गरिमा विकास वैंक विच टोयोटा व्राण्डको सवारी साधनहरुमा कर्जा लगानीको लागि सम्झौता भएको छ । वार्षिक १०.५०% व्याजदरमा कर्जा १२ वर्षसम्मका लागि लगानी गर्न सक्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि तथा त्यस सस्थाका आधिकारीक डिलरहरुवाट खरीद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा यस वैंकले वार्षिक १०.५०% व्याजदरमा १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र यूनाईटेड टेर्डस्  सिन्डिकेट्स प्रा.लि बीच सम्झौता सम्पन्न भएको छ ।

भाद्र २५ गते सोमवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल र यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि को तर्फबाट महाप्रबन्धक श्री महेश कुमार ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडवाट टोयटा कम्पनीको LIVA ETIOS मात्र रु.२९,२०२÷मासिक किस्तामा, ETIOS CROSS मात्र रु. ३३,४१९÷ मासिक किस्तामा साथै हालसालै वजारमा आएको TOYOTA RUSH मात्र रु.५३,२३२÷ मासिक किस्तामा लगायत अन्य यस कम्पनीले विक्री गर्ने सम्पुर्ण व्राण्डका सवारी साधनहरुमा १२ वर्षे सरल किस्तावन्दीमा कर्जा उपलव्ध गराउने जनाएको छ ।

साथै पर्यटन व्यवसायीहरुका लागि पनि यस व्राण्डका सवारी साधनहरुलाई समेत यो स्किम दिन सकिने वैंकले जनाएको छ । यो कर्जा सुविधा यस वैंकका सम्पूर्ण ६१ शाखा कार्यालयहरुवाट पाईने छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ६ वटा शाखा कार्यालयहरु सहित देशभर ६१ शाखा कार्यालय संचालनमा रहेका छन । विकास बैंकले छिट्टै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, दाङ्गको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोल्दैछ ।

वैंकले हालसम्म निक्षेप तर्फमा रु.२२ अरव परिचालन गरिसकेको छ भने कर्जा तर्फ लगानी रु.२० अरव गरिसकेको छ भने गत वर्षको नाफावाट लगानी कर्ताहरुलाई १०% वोनश शेयर र ३.७५% नगद लाभांस आगामी साधारण सभावाट स्वीकृत हूने गरि नेपाल राष्ट्र वैंक स्विकृतार्थ पेश समेत गरिसकेको छ ।

२०७५ भदौ २६ गते प्रकाशित

वि.सं.२०७५ भदौ २६ मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...